
अस्तालमै पुगेर रविनालाई नगद २५ हजार रुपैया हस्तान्तरण गदै सांसद राजीव विक्रम शाह ।तस्वीर जय रावल ।
सुर्खेत, २९ भदौ ।
वोनम्यारो (एप्लाटिक एनिमिया) को समस्यावाट पीडित जाजरकोटकी रबिना सिंह बोहरालाई सांसद राजीव विक्रम शाहले उपचारको लागि सहयोग गरेका छन ।
शिक्षण अस्पताल महाराजगंजमा उपचार गरिरहेकी रबिनालाई अस्पतालमै पुगेर सांसद शाहले नगद २५ हजार रुपैया दिएका हुन ।
अस्पतालको शैयावाट जीवन रक्षाको लागि सहयोगको याचना गरेको थाहाँ पाउन वित्तिकै अस्पतालमै पुगेर रबिनालाई सहयोग गरेको सांसद शाहले बताए ।
वोनम्यारो पीडित रविनाको आर्थिक अभावले गर्दा उपचारमा समस्या भएको समाचार नेपाल समाचार पत्र दैनिक र रारा खवर डटकममा प्रकाशित भएको थियो । समाचार पढेपछि तत्कालको लागि रबिनाको उपचारको लागि २५ हजार रुपैया सहयोग गरेको पनि उनले वताए ।
सांसद शाहले वोनम्यारो प्रत्यारोपन गर्ने वेला रबिनालाई आफनो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
उनले भने, वोनम्यारो प्रत्यारोपन गर्ने वेला अस्पतालमा लाग्ने अप्रेसन चार्जमा केही छुट गर्ने पहल गर्छु ।
६ महिनादेखि शिक्षण अस्पताल काठमाडौमा उपचार गरिरहेकी रविनालाई रकम अभावले गर्दा थप उपचारमा समस्या भएको छ ।
रोग पत्ता लागेदेखि अहिलेसम्म उनको उपचारमा ५ लाख रुपैया खर्च भैइसकेको छ ।
अस्पतालको शैयाबाट बिरामी रबिनाले निःशुल्क उपचारको व्यवस्था मिलाएर आफना ज्यान बचाउन सवैसँग आग्रह गरेकी छन ।
अस्पतालले वोन म्यारो प्रत्यारोपन गर्न ३० लाख रुपैया खर्च लाग्ने बताएको रबिनाका श्रीमान राजेन्द्र बोहराले जानकारी दिए ।
जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका –४ बाउसेखोला घर भएकी रबिनाको उपचारको लागि सहयोग माग्दै नगरपालिकादेखि मन्त्रालयसम्म धाएपनि संसाद राजिवविक्रम शाह वाहेक अरु कसैले पनि सहयोग नगरेको वताए ।
उनले भने, नेतादेखि, विभिन्न निकायको दैलामा गए अहिलेसम्म खाली आश्वासन मात्र पाए, सांसद राजीव शाहवाहेक कसैवाटवाट पनि सहयोग पाइन ।
रबिनाको उपचार गदै आएका शिक्षण अस्पतालका डा.अन्जान श्रेष्ठले रबिनालाई वोनम्यारो नै प्रत्यारोपन गर्नु पर्ने वताए ।
उनले वोन म्यारो पत्यारोपन गर्न कम्तिमा पनि १५ देखि ३० लाख रुपैया खर्च हुने वताए ।
राराखबर । २०७४, २९ भाद्र बिहीबार