दिपेन्द्र शर्मा
जाजरकोट
जिल्लालाई पछिल्लो चरनमा हेर्ने हो भने जोखिममा रहेको जिल्ला पनि भन्ने गरिन्छ । गत कार्तिक १७ पछी सरकारले दिएको राहत स्वरुप अस्थायी आवास निर्माण को ५० हजार रुपैया बापतको दोस्रो किस्ता नपाँउदा भुकम्प पिडितलाई ऋणमा ऋण थपिएको छ ।
जाजरकोट नलगाड ७ का स्थानिय हरीबहादुर शाहीले भने , भुकम्पपछि हामीले ना खाना पायौ न छाना सरकारको भर नपरेको भए घर पनि बनाई सक्थ्यौ । अहिले न घर न घाटको भएका छाै ।
अहिले फेरि जाजरकोट लाई फर्केर हेर्दा दिनँहु घटना नघट्लान भन्न सकिदैन । भुकम्पले थल्कीएको जमिन कतिखेर के घटना हुन सक्छ भन्दै बाध्यात्मक परीस्थीतिमा बस्नु परेको स्थानिय बताउँछन ।
सरकारले भुकम्प लगतै अस्थायी आवास निर्माण सम्पन्न गराउन सबै पिडितलाई तत्काल जोड दिएको थियो । सरकारको मापदण्ड अनुसार ५० हजार को अस्थायी आवास निर्माण गर्नुपर्ने हो ।
स्थानिय बासि सबैले अस्थायी आवास ऋण सापट गरी निर्माण गरे तर निर्माण गरेको ५ देखी ६ महिना बितिसक्यो तर पनि पिडितले पैसा पाएका भने छैनन् ।
जाजरकोटमा हालको अबस्था कस्तो छ ?
जाजरकोटमा हालको अबस्था निकै जिर्ण देखिएको छ । लगातार बर्षाका कारण बाटो अबरुद्ध हुने, पहिरो खस्ने, बिध्यार्थीलाई स्कुल लिन ल्याउन समस्या देखिएको छ ।
नलगाड ३ का हेमराज पुन अहिले गाँउगाउँमा पहिरो खस्ने र बाढीको जोखिम देखिएका छन । स्थानिय सरकारले अनाबस्यक ठाँउमा जहा पनि बाटो लिएकोले समस्या झनै भयाभव देखिएको बताउँछन ।
नगरपालिका के भन्छ ?
बारेकोट गाउँपालिका अधिकृत लोक राज खत्री नेटवर्क, बत्तीको समस्या हुदाँ र लाईन नहुँदा सोलार बाट डकुमेन्ट स्क्यान गर्नुपर्ने बाध्यताले गर्दा डाटा इन्ट्रीमा ढिलो भएको बताए ।
अबको दुई दिन भित्र सबै काम सकिने भएको छ र सो काममा वडाका सचिवलाई डाटा ईन्ट्रीमा खटाएको बताए ।
भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्ती भुकम्प पछि पनि राम्रै काम भएको दावी गर्छन । हामीले दोस्रो किस्तामा खासै चासो दिएका छैनौ तर अस्थायी घरका लागी पहल भने तिब्र गतिमा गरेको छौ । भुकम्पको पहिलो किस्ता जतिले पाए दोस्रो किस्ता भने सबैले पाउने छैनन् उनले भने ।
पुन निर्माणमा सँघिय सरकारले २१ अर्ब बजेट बिनियोजन गरेको बताएपनि यो बजेट स्थानिय तहमा स्थान्तरण भएको छैन ।
नलगाड नगरपालिका प्रशासन सहायक सिर्जना कुमारि बडुवाल रकम पाउने लाभग्राही धेरै जसोले बैँक खाता अद्दैसम्म नखोलेको हुँदा डाटा इन्ट्री हुन नसकेको बताइन ।
राराखबर । २०८१, १९ असार बुधबार