सुर्खेतमा बन्ने भयाे, अत्याधुनिक कभर्ड हल जनताले दिए १ करोड ७७ लाख

सुर्खेत, २ मंसिर ।
सुर्खेतमा बहुउदेशिय कभर्ड हल निर्माणको लागि आयोजना गरिएको मध्यपश्चिम धार्मिक महोत्सव करिव १ करोड ७७ लाख रुपैया संकलन गदै सम्पन्न भएको छ ।
महोत्सवको अन्तिम दिन विहिबार मात्रै २५ लाख रुपैया संकलन भएको महोत्सव आयोजकले जानकारी दिएका छन ।
आज प्याव्सन सुर्खेतले ६ लाख ५१ हजार, सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले १लाख ५५ हजार, गणेश बस्नेतले १ लाख ५१ हजार रुपैया प्रदान गर्नु भएको छ ।
14980609_1222387304471097_2510513385332795176_nनेकपा एमाले सुर्खेतले १ लाख २१ हजार, उदयबहादुर थापाले १ लाख १४ हजार, अक्कलबहादुर शाहीले १ लाख ११ हजार, रिमलाल रामदामले १ लाख ११ हजार, पूर्णबहादुर वस्नेतले १ लाख ११ हजार रुपैया दिनु भएको छ ।
यस्तै जिल्ला विकास समिति सुर्खेतले १ लाख १ हजार र जहरसिह थापाले १ लाख रुपैया प्रदान गर्नु भएको महोत्सव आयोजक समितिका संयोजक चेतबहादुर अधिकारीले जानकारी दिनुभयो ।
महोत्सवमा व्यक्तिगत रुपमा सवैभन्दा बढी सुर्दशन श्रेष्ठले ५ लाख ५५ हजार र गोविन्द गौतमले ५ लाख ४२ रुपैया दिनु भएको छ ।
यस्तै हार्डवयर संघले ५ लाख रुपैया दिएको महोत्सव आयोजकले जनाएका छन ।
गत कार्तिक २५ गतेवाट महोत्सवमा अन्तराष्ट्रिय कथा बाचक गोविन्दशरण महाराज र मिरादेवी दिदीले कथाबाचन गनु भएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया