सुर्खेत
लाेकप्रिय कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कँडेलद्वारा प्रदान गरिएकाे सहयाेग रकम सुर्खेतका पत्रकार जगतदल जनाला विकलाई हस्तान्तरण गरिएको छ ।
गत जेठ ८ गतेको हावाहुरीले पत्रकार विकको पञ्चपुरी नगरपालिका-६ बाबियाचौरस्थित घरमा गरेपछि पत्रकार महासंघका केन्द्रीय काेषाध्यक्ष कलेन्द्र सेजुवालको अनुराेधमा कँडेलले २५ हजार रुपैयाँ सहयाेग गरेका थिए ।

उक्त सहयाेग वाफतकाे चेक साेमबार बिबिसीका सुर्खेत संवाददाता प्रकाश पन्तको राेहवरमा नेपाल टेलिभिजन काेहलपुरमा कार्यरत पत्रकार पुरुषाेत्तम सापकोटाले हस्तान्तरण गरेका छन् ।
पत्रकार विकले यस दुखदकाे घडीमा आफुलाई सहयाेग गर्ने इन्द्रेणी र सहयाेगकाे पहल गर्ने नेपाल पत्रकार महासंघप्रति धन्यवाद समेत व्यक्त गरेका छन् ।
राराखबर । २०८०, २२ श्रावण सोमबार