रुकुम पश्चिममा जनार्जन शर्मा अगाडी

रुकुम पश्चिममा प्रगतिशिल लोकतान्त्रिक पार्टीका जनार्जन शर्माले सुरुवाती अग्रता लिएका छन् ।

नेकपा माओवादीले अरु दलसँग एकता गरेपछि असन्तुष्ट भएर नयाँ दल खोलेका शर्माले आठवीसकोट नगरपालिका वडा नम्वर १ र २ को मत गणना गर्दा ४१२ मत ल्याएका छन् ।

उनलाई नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले २८७ मतका साथ पच्छाइरहेका छन् ।

यस्तै काँग्रेसका राजु केसीले ८८ र राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले ४२ मत हासिल गरेका छन् ।

उक्त वडाहरुको ९०२ मत गणना भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया