
सुर्खेत क्षेत्र नम्वर १ मा नेपाली काँग्रेसका उम्मेदवार विष्णुबहादुर खड्काले सुरु अग्रता लिएका छन् ।
गुर्भाकोट नगरपालिका वडा नम्वर ६ वडाखोलीको मत गणना गर्दा उनले ७९८ मत प्राप्त गरेका छन भने उनलाई पच्छाइरहेका राष्ट्रिय स्वत्नत्र पार्टीका टेकबहादुर सिहले ५४५ मत ल्याएका छन् ।
यस्तै नेकपा एमालेका धुब्रकुमार शाहीले ४२७, नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले ७७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रविकिरण हमालले १७ मत ल्याएका छन् ।
सुर्खेत क्षेत्र नम्वर १ मा करिव ६७ हजार मत खसेको थियो ।
राराखबर । २०८२, २२ फाल्गुन शुक्रबार