सेनाको कब्जामा नार्कको जग्गा

20160613_151233
सुर्खेत, ३२ जेठ ।
सुर्खेतको दशरथपुरस्थीति नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क) को जग्गा सेनाले अझै फिर्ता गरेको छनै ।
माओवादी सेनाको शिविर हटेपछि सुरक्षाको लागि बसेको नोपली सेनाले अझै जग्गा फिर्ता गरेको छैन । तत्कालिन माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी सेनाको छैठौ डिभिजन नार्कको जग्गामा बसेको थियो । यसमा माओवादी सेनाको मुख्य शिविर रहेको थियो । जग्गा फिर्ता नहुँदा कृषि अनुसन्धानको कामकाज प्रभावित हुदै आएको नार्कले जनाएको छ ।
२०६३ देखि २०६८ सालसम्म माओवादी सेनाको छैटौं डिभिजन बसेको थियो । त्यसपछि शिविरको सुरक्षाको लागि नेपाली सेना वस्दै आएको छ । अहिले सेनाको नरसिं दल गण बसेको छ । द्वन्द्वकालमा पनि सुरक्षाकर्मी र माओवादीहरूले यो जग्गा प्रयोग गर्दै आएका थिए । ३८ हेक्टरमध्ये १५ हेक्टर जमीन सेनाले भोग चलन गरिरहेकोमा टुडिखेलको रुपमा प्रयोग हुदै आएको ५ हेक्टर जग्गा अहिले पुर्न प्रयोगमा ल्याएको असन्धान केन्द्रका प्रमुख रामबावु पनेरुले बताउनु भयो । उहाँले जग्गा फिर्ताको लागि जिल्ला देखि केन्द्र स्तरसम्म लिखित रुपमा जानकारी गराएको पनि उल्लेख गर्नुभयो । जग्गा फिर्ताको लागि बारम्वार आग्रह गरेपनि अहिलेसम्म फिर्ता हुन नसकेको प्रमुख पनेरुले वताउनु भयो ।
२०७० सालमा सरकारले सेनाले प्रयोग गदै आएको जग्गा सम्वन्धीत निकायलाई नै फिर्ता गर्ने निर्णय गरेपनि यो निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । सवै जग्गा प्रयोग गर्न नपाउँदा बीउ उत्पादन र अनुसन्धानका नयाँ काम प्रभावित भएको बताएको छ । केन्द्रले धान, मकै, गहँु, लगायतका बीउको अनुसन्धान र उत्पादन गदै आएको छ । अनुसन्धान केन्द्रले सुर्खेत, दाङ, बाँके, बर्दिया, सल्यान, जाजरकोट, दैलेखलगायत जिल्लामा बीउबिजन अनुसन्धान र पठाउदै आएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया