चट्याङ लागेर जुम्लामा ५६ भेडा मरे

सुर्खेत । जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर ५६ भेडा मरेका छन् ।

तातोपानी गाउँपालिका–४ स्थित लामाचौर पाटनमा शनिवार राती चट्याङ पर्दा ५६ वटा भेडा मरेको जुम्ला प्रहरी प्रमुख डिएसपी छेदिलाल कामतीले जानकारी दिए ।

उनका अनुसार पातरासी–२ तल्फिका ६ जना किसानका ५६ भेडा मरेको हुन् । ‘घटनाको पुरै विवरण आई सकेको छैन । स्थानीयका अनुसार अहिलेसम्म ५६ भेडा मरेको जानकारी प्राप्त भएको छ,’ उनले भने । प्रहरी चौकी तल्फीबाट ७ जनाको प्रहरी टोली घटनास्थल गएको छ ।

गत साउन १५ गते जुम्लाकै तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेको प्रहरीले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया