एमाले सुर्खेत कार्यालयमा पुस्तकालय स्थापना

सुर्खेत । कणाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुस्तकालय स्थापनाले पठन संस्कृति विकास हुने बताएका छ ।

पुस्तकालय दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटि सुर्खेतले आफ्नो पार्टी कार्यालयमा स्थापना गरेको पुस्तकालय मुख्यमन्त्री कँडेलले उद्घाटन गर्दै पुस्तकालयले मानव मष्तिष्कलाई ज्ञान विज्ञानका कुरा संग्रह गर्न सघाउने बताए। मुख्यमन्त्री कँडेलले भने, “पुस्तकालय मानव जीवनको बौद्धिक तथा मानसिक विकास हो । यसले हराउँदै गएको पठनीय सोचलाई जागृत गर्नेछ ।”

स्थापना भन्दा पनि त्यसलाई निरन्तरता दिने कुरा ठूलो भएको बताउँदै उहाँले उक्त पुस्तकालय मष्तिष्क विकासको ठूलो खुराक हुने जानकारी दिए ।

पुस्तकहरुको अध्ययनबाट विभिन्न खोज अनुसन्धान गरी नेकपा एमालेलाई अरु दल भन्दा फरक र योग्य छ भन्ने देखाउन सबैलाई पुस्तक अध्ययन गर्न आग्रह गदैँ,पुस्तकालय स्थापना र सञ्चालनमा सरकार भन्दा पनि नागरिक आफै सचेत हुनुपर्दछ ।

नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले पछिल्लो समयमा पठन संस्कृति कम हुँदै गएकोले नेता कार्यकर्ताहरुमा अध्ययन, अनुसन्धान तथा नयाँ चिन्तनबाट खोजीको विकास गर्न पुस्तकालय स्थापना गरिएको बताए । उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल लगायतको सहभागिता रहेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया