बद्री पन्त
जाजरकोट १७, पुस ।
जाजरकोट स्थित स्थानीय तहमा कार्यरत लेखा समुहका कर्मचारीले तीन दिनदेखि कामकाज ठप्प पारेर आनदोलनमा उर्तिएका छन ।
उनीहरु सरकारले ल्याएको कर्मचारी समायोजन विधेकको विरुद्ध आन्दोलनमा उत्रीएका हुन ।
केन्द्र सरकारबाट आर्थिक कृयाकलाप तथा लेखा प्रणालीका संमबन्धमा एकरुपता, आवश्यक नियन्त्रण, आर्थिक अनुशासन कायम हुने गरी आवश्यक व्यवस्था गर्न, प्रदेश तथा स्थानीय तहका आर्थिक गतिविधिमा स्वच्छता, निश्पक्षता, मितव्ययिता, जवाफदेहिता र सकारात्मक प्रतिस्पर्धा कायम गर्न लेखा वा समग्र वित्तिय प्रणालीको नियमन, परिचालन तथा व्यवस्थापन केन्द्रवाटै हुनु पर्ने लेखापाल खिम थापाले बताए ।
लेखा समुह सरकारले खटाएको जुन सुकै ठाँउमा गई सेवा गर्न तयार छ, उनले भने । जाजरकोटका सात वटा स्थानीय तह तथा अन्य कार्यालयका डेढ दर्जन लेखापाल कर्मचारीले मंगलबार प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई २१ बुदे माग सहित ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले आफुहरुका माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
राराखबर । २०७५, १७ पुष मंगलवार