सरकारले निर्मलाको हत्यारा पत्ता लगाउन नचाहेको हो– नेता पौडेल

बद्री पन्त
जाजरकोट १६, पुस ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नचाहेको आरोप लगाउनु भएको छ।
नेपाल प्रेस युनियन जाजरकोटले सदरमुकाम खलंगामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै नेता पौडेलले यस्तो कुरा बताउनु भएको हो ।
नेता पौडेलले निर्मला पन्तको हत्यारा सरकारले पत्ता लगाउन नसकेको हौइन, नचाहेको हो । सरकारले चाहे आधा घण्टामै हत्यारा पत्ता लगाउ सकछ तर सरकारसंग हत्यारा जोडिएको भन्दै पत्ता लगाउनबाट पछि हटेको नेता पौडेलको भनाइ छ ।
खुल्ला अपराध नेपालमा नभएको र यथेस्ट प्रर्माण हुदा पनि सरकारले पन्तको हत्यारा पत्ता लगाउनबाट पछि हटेको छ, शान्ति सुरक्षा दिनपनि सरकार असफल भएको नेता पौडेलको भनाइ छ ।


वाइवडी विमान खरीदमा कमीसनको चलखेल भएको तथा अरवौ पैसा घोटाला भएको, सुन कान्ड, समयमै काम नगर्ने ठेकेदारलाई कारवाहि गर्न बाट सरकार पछि हटेको पौडेलको आरोप छ । पुरानो पाराले काँग्रेस यो समयमा चल्न नसक्ने नेता पौडेलको भनाइ छ ।
४३ औं मेलमिलाप दिवसका अवसरमा जाजरकोटका लागि केन्द्रिय प्रतिनिधि खटिएका पौडेलले विपी कोइरालाको पालाको काँग्रेस र अहिलेको काँग्रेसका सामु राष्ट्रिय दायित्व र जिम्मेवारी फरक रहेकोले अव काँग्रेस नयाँ ढंगले चल्न जरुरी रहेको वताउनु भयो ।
नेपाल विद्यार्थीसंघ केन्द्रिय समितिका पुर्व अध्यक्ष समेत रहेका काँग्रेस नेता पौडेलले विपी कोइरालाले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवादको वाटो काँग्रेसले कहिलेपनि छोड्न नसक्ने भन्दै परिवर्तित समय अनुसार यो सिद्धान्तमा केहि नयाँ र जरुरी विषयहरु थपेर अघि वढ्नुपर्ने समेत वताउनु भएको छ । पत्रकारहरुको विभिन्न प्रश्नहरुको जवाफ दिदैै पौडेलले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको, इतिहासकै सवै भन्दा शक्तिशाली स्वतन्त्र र काम गरेर देखाउन सक्ने सरकारका प्रधानमन्त्री केपी शर्मा वलीले अरुलाइ गाली गरेर समय खर्चिने काम गरेको आरोप नेता पौडलले लगाउनु भयो ।
काँग्रेसले सरकारका गलत कामको विरोध गरे काम गर्न दिएन भन्ने आरोप र विरोध नगरे काँग्रैस सुस्तायो भन्ने आरोपहरु लाग्ने गरेको दुखेसो समेत गर्नु भयो ।
विगतका सरकारले सुरु गरेका सवै कामहरुलाइ आफुले पुरा गरेको भन्ने हल्ला गर्दै वर्तमान सरकारले नयाँ कुनै कामको थालनी नगरेको समेत आरोप लगाउनु भयो ।
नेता पौडेलले महासमिमित वैठकले नेपाली काँग्रेसमा नयाँ उर्जा र उत्साह थपेको वताउनु भयो । विगतका गुटउपगुट र मतभेदहरुलाई परास्त गर्ने गरि देशव्यापी अभियानका साथ काँग्रेस जनताको विचमा आउने तयारी गरेको पौडेलको भनाइ छ ।
नेता पौडेललाइ काँग्रेस केन्द्रिय समितिले ४३ औं मेलमिलाप दिवसका अवसरमा जाजरकोटमा गएर पार्टी र मेलमिलाप नितीका वारेमा जनतामुखि कार्यक्रम गर्न खटाएको हो ।
नेता पौडेलले सोमवार सदरमुकाम खलंगामा आयोजना हुने नेपाल विद्यार्थी संघ जाजरकोटको १० औं जिल्ला अधिवेसनको उद्घाटन सत्रलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्नु हुने छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया