गाउँमा बस पुग्दा, गाउँले हर्षित

माया पन्त
जाजरकोट १८, पुस ।
जिल्लाको कुशे गाउपालिकाको केन्द्रसम्म बस पुगेको छ । कुशेको प्रशासनिक केन्द्र रहेको वडान नं ६, भार्मा थर्पुमा गत सात बस वस पुगेको हो ।
का“क्रेविहार यातायात ब्यवशायी समितिले गत साता छेडाचौर देखि थलहबजार – ढुंगील – सा“धीविसाउना ह“ुदै भार्मा थर्पुसम्म वस पुर्याएको हो ।
सडक सञ्जाल भन्दा बाहीर रहेको गाउपालिकाको प्रशासनिक केन्द्रमा बस पुगेपछि स्थानीय खुशी भएका छन् । दुर्गम गाउमा पहिलो पटक गाडी पुगेपछि गाडी चालक लगायतलाई फुलमाला र अविरले स्वागत गरेका थिए ।
जुम्लाको सिमानास“ग जोडिएको कुशे गाउँपालिकाको केन्द्र सडक सञ्जालमा जोडिए पछि जनताले थाप्लोमा भारी बोक्नु पैदल हिड्नुपर्ने दिनको अन्त्य भएको कुशे गाउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनु भयो ।
समृद्धीको पहिलो आधार गाउपालिकाले सडक निर्माण र बिस्तारलाई पहिलो प्राथमिकतामा राखेको अध्यक्ष बस्नेतले बताउनु भयो । करोडौंको बजेट खर्चेर २२ किलो मिटरको दुरीको खलंगा –पा“चकाटिया मोटरवाटो खनेको १०÷१२ बर्ष वित्दा पनि ठुला यातायात संचालन हुन सकेका छैन, मुस्कीलले साना जिप छल्छन अध्यक्ष बस्नेतले भन्नु भयो ।
विगतको दुर्गम कुशे गाउँपालिकाको टापुचौर, पैंकको छेरासम्म दैनिक साना गाडी संचालनमा आएपछि सुगममा परिणत भएको उहाँले बताउनु भयो ।


पर्यटकीय तथा ब्यापारी केन्द्रका रुपमा रहेको पा“चकाटियामा बस पुग्न सकेको छैन । का“क्रेविहार समितिले कुशेको वडा नं ५, सा“दीबिसाउन देखि नेपालगञ्जसम्म नियमित बस संचालनमा ल्याउने जनाएको छ ।
प्रशासनिक केन्द्र यातायात सेवा पुगेपछि गाउपालिकाले स्थानीयलाई सरकारी सेवा पाउन सहज भएको छ । कुशेले गत चालु आर्थिक बर्षमा ९ वटै वडाका लागि १२ वटा सडकको ट्रयाक ओपन गरेको थियो ।
गत आर्थिक बर्ष १ सय किलोमीटर सडक निर्माण गरेको अध्यक्ष बस्नेतको भनाइ छ । चालु आर्थिक बर्षमा केहि नयाँ सडक खन्ने र गत बर्ष खनेका सडकका पर्खाल तथा नाली, ग्राभेल, तारजाली लगायत स्तरोन्नतिको कार्य गर्न बजेट विनियोजन गरेको छ ।
जुम्ला जाजरकोट सडकलाई मुख्य आधार मानेर ग्रामीण सडक निर्माण भएका छन् ।
कुशे गाउपालिकामा पर्यटन प्रवद्र्धन तथा कृषि उपज, खनिज, जटीबुडी लगाएतलाई बजारीकरण गर्न सडक निर्माणमा जोड दिएको अध्यक्ष बस्नेतले बताउनु भयो ।


कुशेको अधिकांश गाउ बस्तीमा सडक पहु“च पुगेको छ । उत्पादन क्षेत्र, बाक्लो मानब बस्ती, पर्यटन क्षेत्र, ऐतिहासिक स्थल लगाएत स्थानसम्म छिटो भन्दा छिटो सडक खन्ने लक्ष्य अनुरुप गाउपापिलका अघिबढेको छ ।
कुशे सुन्तला तथा आलु उत्पादन, काईनाइट, टुर्मालिन पत्थर लगायत खनिज र सयांै प्ररकारका जडीबुटीले धनी गाउपालिका रहेको उपाध्यक्ष रामछाया शाहीले बताउनु भयो ।
सडक निर्माणस“गै दुर्गम क्षेत्रको कृषि उत्पादनले बजार पाउनुको साथै स्थानीय बासिन्दालाई दैनिक उपभोग्य बस्तु ओसारपसारमा सहज हुने शाहीको भनाइ छ ।
गाउँपालिकाले खानेपानी, सडक, कृषि, शिक्षा, स्वास्थ्य, सिचाई लगाएत क्षेत्रलाई प्रमुख प्राथमिक्तामा राखेको उपाध्यक्ष शाहीले भन्नु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया