वडाध्यक्ष चालिसेले मनमरी वडा चलाए

सुर्खेत, ८ कार्तिक ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ का वडाध्यक्ष लोकप्रसाद चालिसेले मनपरी रुपमा वडा संचालन गर्दै आएको गुनासो वडाबासीले गरेका छन् ।
वडाध्यक्षले वडावासीको सहभागीता विना नै एकलौटी ढंगले योजना बनाउने र भुक्तानी दिने गरेको उनीहरुको आरोप छ ।वडाबासीको भवना विपरीत वडाध्यक्षले मनमरी रुपमा काम गरिरहेका छन्, उनीहरुले भने, आफ्ना आसेपासेलाई उपभोक्ता समितिमा राखेर काम गदै आएका छन् ।
वडा कार्यालयको सरकारी भवन भएपनि वडाध्यक्षले भाडामा घर लिएर वडा कार्यालय संचालन गरेको उनीहरुले बताए । आफ्नै भवनबाट कार्यालयबाट संचालन नगरेर महिनामा दश हजार रुपैया तिरेर किन भाडाको घरमा कार्यालय संचालन गरिएको हो आफुहरुले बुझ्न सकेको उनीहरुको भनाई छ ।


वडासमितिको वैठक हरेक महिना वस्नु पर्ने भएपनि वडाध्यक्ष चालिसेले एकै पटक वैठक बसालेर तीन-चार महिनाको भत्ता बुझ्ने गरेको स्थानीयले बताए ।
नेवारे खोलामा तटवन्धको लागि ल्याएको केही तारजाली खोलामा नहाले आफु नजिकका हुनेखाने व्यक्तिलाई वाँडेको, कतिपय योजनाहरुको काम स्टिमेट विना नै गरेर भुक्तानीको लागि प्राविधिकलाइ दवाव दिने गरेको उनीहरुको भनाई छ ।
वडाध्यक्ष चालिसेले आफ्नै पार्टीका नेता कार्यकर्ताको पनि सल्लाह नमान्ने गरेको र आफ्नो गुटका व्यक्तिको सल्लाहमा हिड्ने गरेको नेकपाका नेता कार्यकर्ताले बताउँछन् ।
५० हजार रुपैया भन्दा माथीका योजनाको काम गर्दा कोटेसन आव्हान गरी काम गर्नु पर्नेमा सडकमा ग्राभेलका कामहरु गर्दा कोटेसन विना नै गरेको बताएको छ ।


वडाभित्रका विभिन्न टोलका सडकहरुमा ग्राभेल गर्दा कोटोसन आव्हान गरी काम गर्नु पर्नेमा वडाध्यक्षले कोटेसन विना नै काम गराएको वडाबासीको गुनासो छ ।
करिव ७०-८० हजार खर्चमा मर्मत हुने गैरीटोलको २० मिटर जति नाला मर्मत गरेर वडाले एक लाख १५ हजार रुपैया भुक्तानी दिएको छ एक जना वडाबासीले भने ।
उपभोक्ता समितिमा सिधासोझालाई राखेर वडासदस्य मार्फत काम गराउदै आएको, लक्षित वर्गको रकम टाठावाडालाई मात्र दिएको, सरकारी सवारी साधनको चरम दुरुपयोग गरेको आरोप समेत स्थानीयको छ ।
यता वडाध्यक्ष चालिसेले भने आफुमाथी लागेका आरोपहरु निराधार भएको दावी गरेका छन् । उनले टोल विकास संस्थाले योजनाहरु छनौट गर्ने भएकोले त्यसमा वडाले हस्तक्षेप नगरेको बताए ।
नगरपालिकाले साविकको १२ नम्वरको वडा कार्यालयमा वडा कार्यालय संचालन गर्न भनेपनि बहुसंख्यक वडाबासीले विरोध गरेको कारण सवैलाई पायक पर्ने स्थानबाट वडाकार्यालय संचालन गरिएको दावी गरे । उनले भने, बहुमतको कदर र अल्पमतको सम्मान गदै काम गदै आएको छु ।




फेसबुकबाट तपाईको प्रतिक्रिया