बावियाचौर च्यालेन्ज कपको उपाधि बावीयाचौर स्पोस्टस कलब ए को पोल्टामाः५५ हजार हात पार्न सफल

सुर्खेत कार्तिक ५-पश्चिम सुर्खेतको बावीयाचौरमा जारी बावियाचौर च्यालेन्ज कपको उपाधि बावीयाचौर स्पोस्टस कलब ए को पोल्टामा परेको छ।

आज भएको फाइनलमा बावीयाचौर स्पोस्टस कलब बी लाइ ४-१ गोल अन्तरले पाखा लगाउदै बावीयाचौर स्पोस्टस कलब ए उपाधी हात पारेको हो।

खेलमा कष्ण रावल र नरी शाहीले समान २-२ गोल गर्नु गर्दै जित हात पार्न सफल हुनु भयो।

बावीयाचौर स्पोस्टस कलब बी का मन्दीस सुनारले १ गोल फर्कान सफल भयो।

जित सहित बावीयाचौर स्पोस्टस कलब ए ले ५५ हजार हात पारेको छ भने बी ले  २५ हजारमा चित बझाएको छ।

 

 




फेसबुकबाट तपाईको प्रतिक्रिया