लाइन्स शिवविहारको अध्यक्षमा मिलन श्रेष्ठ

12983261_948225838606120_4582644438038004938_oसुर्खेत, साउन ।
लाइन्स क्लव अफ सुर्खेत शिवविहारको अध्यक्षमा मिलन श्रेष्ठ चयन हुनु भएको छ ।
लाइन्स क्लव अफ सुर्खेत शिवविहारको बिहीबार भएको भेलाले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
भेलाले प्रथम उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, द्धितिय उपाध्यक्षमा प्रवेशमान मानन्धरलाई चयन गरिएको छ ।
२० सदस्यीय कार्य समितिको सचिवमा लवमान श्रेष्ठ र कोषाध्यक्षमा सुवास श्रेष्ठ चयन हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष मिलन श्रेष्ठले आफ्नो पदभार ग्रहण गर्दै लाइन्स क्लव आफ सुर्खेत शिवविहारलाई सामाजिक सेवाको काममा थप क्रियाशिल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो
आफुलाई अध्यक्षको जिम्मेवारीमा चयन गरेकोमा लायन्सहरुलाई धन्यवाद समेत व्यक्त गदै श्रेष्ठले लायन्स क्लव भनेको धनी तथा हुने खानेहरुको मात्रै संस्था भनी बाहीर गलत बुझाई रहेको स्पष्ट पार्नुभयो ।
भेलाका प्रमुख अतिथि रिजन चियर पर्शन लायन्स कल्पना कार्कीले नयाँ गठित कार्यसमितिलाई बधाई दिँदै आफ्नो कार्यकाल सफलताको लागि शुभकामना दिनुभयो ।
नव गठित समितिमा शिक्षा निर्देशकको रुपमा लोकप्रसाद ढकाल, स्वास्थ्य निर्देशकमा दुर्गाप्रसाद श्रेष्ठ, आर्थिक निर्देशकमा राजनप्रकाश शाक्य चयन भएका छन् ।
यसैगरी कयाविनेट सदस्यहरुमा लोकप्रसाद ढकाल, दलबहादुर खत्री, हरीविक्रम जिसी, विष्णुविक्रम जिसी, ईश्वर कुमार श्रेष्ठ, अजय कार्की, अम्मरबहादुर शाही, गोरख रावत र सुरेश मानन्धर चयन भएका छन् ।
कार्यक्रममा डिस्ट्रक अफिसरहरु लायन्स दिपककुमार पन्त, बसन्तकुमार रेग्मी, किशोरकुमार रेग्मीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसैगरी कार्यक्रममा लायन्स क्लव अफ सुर्खेत, बुलबुलेका अध्यक्ष लायन्स नवराज गुरुङ्ग, सुर्खेत भ्यालीका प्रभात थापा, काँक्रेविहारका विन्दु नेपाल वीरेन्द्रनगरका खगिसरा शाही र सुर्खेत बुलबुलेका स्वास्थ्य निर्देशक लायन्स सिताकुमारी शर्मा लगायतको सहभागीता रहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया