जहाँ रेडियो बज्दैन, टेलिफोन सुनिदैन

बद्री पन्त
जाजरकोट ९, भदौ
२१ औं शताब्दीको विश्वमा सुचना तथा संचारको विकास र विस्तारले विश्व एउटा सानो गाँउको रुपमा परिणत भएको छ । विश्वको एउटा कुनामा भएको घटना तत्कालै सवै ठाँउ थाह हुन्छ तर जाजरकोटका दुर्गम गाउँ यस्ता छन् जहाँ रेडियो बज्दैन, टेलिफोन सुनिदैन । त्यहाँ नागरिकले संञ्चारका कुनै पनि साधन उपयोग गर्न पाएका छैनन् ।
जिल्लाको रग्दा गाँउ विकास समितिको रग्दा, रोली, चौखा, सक्लाको सेपुखोला, सीमाको मोर्कबजार, जुगाथापाचौरको बालुवाबजार, दशेराको थलहबजार, दह मजकोटको चुत्राकोट लगाएत गाँउमा न त टेलिफोनले काम गर्छ न त आमसंचारका कुनै साधनले काम गर्छन् । पत्रपत्रिका र टेलिभिजनको त कुरै छोडौ ति गाँउमा रेडियोसम्म सुनिदैन । यी गाँउमा एफएम रेडियोको पहुँच समेत छैन, थलहका पदम बहादुर शाहीले बताए । रग्दाका जंगबहादुर रावतले भने एनटिसी, स्काई र एनसेल कुनै पनि फोनले काम गदैनन् । फोन सुविधा नहुँदा ति गाँउका स्थानिय निकै मर्कामा परेका छन् । टावर निर्माणका लागी राजनैतिक दलका नेता देकखी सम्वन्धित निकायमा अनुरोध गर्दा पनि सुनुवाई नभएको रावतले बताए ।
IMG_2767गत संविधान सभाको निर्वाचनमा काँग्रेस, एमाले ,माओवादी केन्द्र लगायतका पार्टीका उम्मेदवारले यहाँको टेलिफोन समस्या समाधानका लागी टावर निर्माणमा आवश्यक पहल गर्ने प्रतिवद्धता गरेका थिए । माओवादी केन्द्रबाट उम्मेद्धवार भएका शक्तिबहादुर बस्नेत गृहमन्त्री सम्म भए तर उनले समेत फर्केर हेरेनन् । त्यसैगरी गत संविधान सभाको निर्वाचनमा नेपाली काँगे्रसबाट सभासद बनेका राजीव विक्रम शाहले पनि पश्चिको टेलिफोन समस्या समाधानका लागी टावर निर्माणमा आवश्यक पहल गर्ने प्रतिवद्धता गरेका मोर्कका पुर्ण समिर महतराले बताए । चुनाव पछि कुनै पनि नेता ति गाँउ गएका छैनन् । गाउँघरमा कुनै पनि घटना घट्यो भने सहजै जानकारी गराउन सकिदैन, उनले भने ।
रग्दा गाँउमा ६०, रोली गाँउमा ९१ र चौखा गाँउमा स्वास्थ्य चौकी , विद्यालय, प्रहरी चौकी, खाद्य डिपो सहित ४५ घर छन् तर ति गाँउमा टेलिफोन र संचारका कुनै पनि साधनले काम नगर्दा स्थानिय समस्यामा परेका छन् । आन्तरिक संचार देखी देशविदेशका खवर लिनबाट बञ्चित हुनु परेको चौखाका बीरबहादुर मल्लले बताए । ठुली भेरीको किनारमा रहेका ति गाँउको पाल्लोपट्टी रुकुमको गोतामकोटको ठुलो पहाड पर्छ भने यतापट्टी रग्दाकै ठुलो पहाड पर्छ खोचमा भएकाले संचारका कुनै पनि साधनले काम नगर्ने मल्लको भनाई छ । जाजरकोट डोल्पा सडक खण्डमा पर्ने सुन्दर ति गाँउमा संचार सुविधाको विकास गर्न स्थानियले माग गरेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया