जिशिअ दीपा हमाल सम्मानित

सुर्खेत, ८ भदौ ।473143_292634300820804_1658725764_o
हरेक वर्ष सुर्खेत महिला जेसीजले प्रदान गर्दै आएको अभिनन्दन यस वर्ष जिल्ला शिक्षा अधिकारी दिपा हमाललाई प्रदान गरिएको छ ।
जेसीज सप्ताह २०७३ को अवसर पारी महिला भएर शिक्षा क्षेत्रमा योगदान प¥याएको भन्दै वर्ष २०१६ को उत्कृष्ट नागरिक अभिनन्दन जिशिअ हमाललाई प्रदान गरिएको हो ।
सम्मान ग्रहण गर्दै जिशिअ हमालले लैंगिक विभेद हुनुको प्रमुख कारण महिला बेरोजगारी भएको भन्दै राज्यले महिलालाई स्वरोजगार बन्न प्रेरित गर्ने कार्यक्रम ल्याउनुपर्ने बताउनुु भयो ।पारिवारिक सहयोग बिना महिला अगाडी बढ्न नसक्ने भन्दै उहाँले महिलाहरु धेरै भूमिकामा बाधिने भएकाले नेतृत्व तहमा पुग्न नसकेको उल्लेख गर्नुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया