मेरो एउटा सपना छ ‘कर्णालीमै बसेर कर्णालीबासीलाई निःशुल्क सेवा दिने। स्वर्गीय डा. सापकोटा भन्नुहुन्थ्यो, ‘जहाँ अन्धकार छ त्यही बत्तीहरुबल्छन्, बालिन्छन् ।यदि कसैलाई आफूभित्र दिव्य ज्योति छ जस्तो लाग्छ भनेउ अन्धकारतर्फ जानुपर्छ ।’
‘डाक्टर सा’प तपाई पनि कर्णालीकै मान्छे हुनुहुँदो रहेछ । म पनि उतैकोहुँ,’काठमाडौँमा काम गरिरहेको बेला एक दिन एकजना बिरामीको बुवालेभन्नुभयो, ‘मसँग अब आफ्नो छोरालाई उपचार गर्ने कत्ति पनि पैसा छैन ।
भेडाबेचे, जग्गा बेचे, अब बेच्ने कुरा पनि बचेन । अब त आफैलाई बेचौं बेचौंजस्तो लागेको छ । हजुरको सहयोगको आशा गरेको छु ।’
उहाँको छोराको अप्रेशन भएको थियो । भाँचिएको खुट्टाको घाउ राम्रो थिएन्,निको हुन धेरै समय लाग्ने थियो । मैले उहाँलाई घोरिएर हेरे । उहाँमाआफैलाई देखेझैं भयो ।
म जहाँ हुर्के, बढे, पढे, त्यहाँ म जस्तै देखिनेअरु कति होलान् । मैले आफैलाई प्रश्न गरे ।
छोराको भाँचिएको खुट्टाकोअप्रेसन गर्न आफ्नो शरीर नै बेच्न बाध्य कर्णालीबासीहरु कति होलान यो प्रश्नले मलाई सँधै घोचिरह्यो । त्यसैले यो प्रश्नको उत्तर पनि मैले
नै दिनु थियो । किनभने म, मेरो शिक्षा र मेरो डाक्टरीको लगानी कर्णालीकोमाटोले गरेको थियो ।त्यसैले मैले मेरो डाक्टरको ज्ञान र सीप कर्णालीमै खर्च गर्ने अठोट गरे ।
अनि बहुत हिक्मत गरेर अति नै सुविधायुक्त काठमाडौंको जागिर छोडेरकर्णालीको टिकट काटियो । मिश्रित सोच बोकेर कर्णाली झरियो ।
दाजु नवराज केसी पनि आफू जन्मेको ठाउँमा बसेर सेवा दिनुपर्छ
भन्नुहुन्थ्यो । म काठमाडौंमा बसेर करियर बनाइ राख्थे । २०७२ साल बैसाखमातत्कालीन क्षेत्रीय अस्पताल हाल प्रदेश अस्पतालमा ६ महिनाको नियुक्तिलिएर काम गर्न थाले । पहिलो दिन डा. हरि सापकोटासँग भेट भयो । उहाँहाडजोर्नी विभागको प्रमुख तथा अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट
हुनुहुन्थ्यो ।
पहिलो भेटमै उहाँले मलाई ‘ल डाक्टर सा’प आउनु भयो, अब मलाई पनि धेरैसजिलो हुने भयो’भन्नुभयो । उहाँले लामो समयदेखि हाडजोर्नी विभागमाएक्लैले सेवा दिइरहनु भएको थाहा पाए ।
त्यो बेला २०७२ सालमा दैनिक ८०जनासम्म बिरामी हेनुपथ्र्यो मैले । दैनिक २/३ जनाको शल्यक्रिया नैहुन्थ्यो । अस्पतालको कोठा पनि चुहिन्थ्यो । तर १० वटै जिल्लाका बिरामीकोउपचार गर्नै पथ्र्यो ।
लडेर र विभिन्न चोटपटक लागेर आउने बिरामीका लागि मप्रत्येक दिन इमरजेन्सी वार्डमा पुग्थे म । जोस र जाँगरको साथ सेवामातल्लिन हुँदा मलाइ शनिबार बिदाको दिन पनि आए गएको पत्तै हुदैनथ्यो ।
त्यसमा सिनियर डा. सापकोटाको भनाइले मलाइ हौस्याउँथ्यो । उहाँभन्नुहुन्थ्यो, ‘सेवा गर फलको आश नगर । काम कस्तो छ भनेर समयले नै भन्छ ।बिरामी आफै भन्छन् र खोज्दै खोज्दै आउँछन् ।’हो पनि रहेछ डा. सापकोटाबितेको झण्डै डेढ वर्ष भए पनि अहिलेसम्म उहाँलाई नै खोजेर बिरामी आउँछन्।
एकदिन हेमी रिप्लेस्मेंट हिप गर्ने भनि बिरामी राखियो । अप्रेसनमालगियो बाई पोलार इम्प्लांट मगाइयो डा. सापकोटाले मुल्य सोध्नु भयो, मैले साढे१० हजार भने पछी उँहाले जवाफ फर्काउँदै भन्नु भयो ” बिरामी लाई पनि यति नै तिर्न लगाउनु ? बिरामी संग हामीले एक रुपैयाँ पनि बढि लिनु हुँदैन । मलाई उँहाको यो बानि सार्है मन पर्थ्यो । ” ऊ संग सरीरमा हाल्ने इम्प्लान्त किन्ने पैसा पुगेको थिएन ।
त्यहि दिन स्व. डा. हरी र म एउटा कार्यक्रमहुँदै आएकाथियौ । कार्यक्रम वापत रकम दिइएको थियो ।
हामी दुबैले उत्तदुई रकम उसको हातमा राखीदिउँ । केही वेर पछि उ फेरी हामीहरु कहाँ आयो, टोलाउदै हात जोडेर उसले धन्यावाद भनेको मलाई काठमाण्डौमा भेटेको भाई जस्तै लाग्यो त्यसपछि लगातार कर्णालीका कुना कुनामा पुगी धेरै निसुल्क शिविरहरु गर्ने प्रेरणा मील्यो । अव अगाडी पनि सो कार्यलाई संधै जारी राख्ने संकल्प गरेको छु ।
‘सेवा गर्नुपर्छ तर सेवाको नाममामर्का पर्नेगरी बिरामीको ढाड नै सेक्नु हुँदैन् ।’यो कुरा अहिले पनि म सम्झिरहन्छु ।
अव अगाडी पनि सो कार्यलाई संधै जारी राख्ने संकल्प गरेको छु ।
कर्णाली भौगोलिक रुपमा निकै विकट प्रदेश हो । यो धेरै कुरामा पछि परेको छ। त्यसैले अशक्त, असहायहरुको धेरै नै सेवा गर्ने मौका मिल्यो । सरसँसैबसेर सेवा गर्न पाउँदा निकै नै आनन्द आउथ्यो ।
उहाँको नेतृत्वमा अछाम,जाजरकोट, सुर्खेत, दैलेखलगायत जिल्लाका विकट गाउँबस्तीमा निःशुल्कस्वास्थ्य शिविर पनि गरियो ।
डा. सापकोटा भौतिक रुपमा हामीमाझ हुनुहुन्नतर, उहाँको सेवा भने कर्णालीबासीले कहिल्यै पनि झुल्ने छैनन् ।
पैसाले त मान्छेलाई सायद कहिल्यै पनि पुग्दैन् । मलाई अहिले खान बस्नसजिलै पुग्छ । मेरो एउटा सपना छ ‘कर्णालीमै बसेर कर्णालीबासीलाई निःशुल्कसेवा दिने ।
’नीजि अस्पतालको त कुरै नगरै अहिले सरकारी अस्पतालमा पनि सेवा शुल्क महँगो हुदै जाँदा अतिविपन्न समुदायलाइ उपचार पाउनै मुस्किल हुन थालेको छ ।
यस्तोअवस्थामा निःशुल्क सेवा दिने प्रयत्न मैले गरिरहेको छु । कर्णालीलाईस्वास्थ्यमा मजबुत बनाउन लागिरहेको छु ।
स्वर्गीय डा.सापकोटा भन्नुहुन्थ्यो, ‘जहाँ अन्धकार छ त्यही बत्तीहरु
बल्छन्, बालिन्छन् ।
यदि कसैलाई आफूभित्र दिव्य ज्योति छ जस्तो लाग्छ भनेउ अन्धकारतर्फ जानुपर्छ ।’उहाँले मलाई कर्णालीको अन्धकारसँग लड्न
प्रेरणा दिइरहनुभयो ।
अबको यात्रा कर्णालीमा हाडजोर्नी सेवालाई शुपथ,उत्कृष्ट र बाहिर जानु नपर्ने बनाउनु नै मेरो प्रयास रहनेछ ।
राराखबर । २०७८, १६ चैत्र बुधबार