सुर्खेत — कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
महेन्द्र केसी आर्थिक मामिला तथा योजना मन्त्री, दुर्गबहादुर रावत उद्योग , पर्यटन, वन तथा वातावरण र शेरबहादुर बुढा भौतिक पूर्वाधार तथा शहरी विकास र वीर बहादुर शाहीले सामाजिक विकास मन्त्री भएका छन् ।
यसअघि विना विभागीय मन्त्री बनेका रनसिंह परियारले जलस्रोत तथा उर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।भने विनोदकुमार शाहले भूमि , व्यवस्था कृषि तथा सहकारीको जिम्मा पाएका छन् । शाह भने सपथ कार्यक्रममा सहभागी थिएनन् । गोमता विकलाई मुख्यमन्त्री कँडेलले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री बनाएका छन ।
राराखबर । २०८१, १८ बैशाख मंगलवार