सुर्खेत, २६ साउन ।
सुर्खेतमा तीन वर्षको अवधिमा भएका १ सय ५४ वटा सवारी दुर्घटनामा परी ७० जनाको मृत्यू भएको छ ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतले गत तीन आर्थीक वर्षमा ७० जनाले सडक दुर्घटनाका कारण मृत्यू भएको जनाएको छ ।
दुर्घटनाबाट १ सय ६८ जना गम्भिर घाईते भएका छन् भने २ सय ४० जना सामान्य घाईते भएका छन् ।
जसमध्ये आव २०७०÷०७१ मा ६१ वटा दुर्घटना भएका २० जनाको मृत्यू भएको थियो भने ७० जना गम्भिर घाईते र ७१ जना सामान्य घाईते भएका छन् ।
यसैगरी आव ०७१÷७२ मा ४२ वटा दुर्घटनामा २४ जनाको मृत्यू भएको छ । जसमा ५५ जना गम्भिर घाईते भएका छन् भने ७३ जना सामान्य घाईते भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।
तथ्यांकका अनुसार आव ०७२÷७३ मा ५१ वटा सवारी दुर्घटना भएका छन् भने १७ जानको मृत्यू भएको छ । साथै ४३ जना गम्भिर घाईते भएका छन् भने ९६ जना सामान्य घाईते भएका छन् ।
मादक पदार्थ सेवनगरी सवारी चलाउने, ‘ओभर स्पिड’मा सवारी चलाउने, गाडि चलाउदाँ मोबाइल प्रयोग गर्ने, अपरिपक्व व्यक्तिले सवारी साधन चलाउने, पुरानो र साँघुरो सडक, वैकल्पिक सडकको अभाव, सडकमा पर्किङ्गको अभावलगायतका कारणले गर्दा सवारी दुर्घटना हुने गरेको ट्राफिक कार्यालय सुर्खेतका प्रमुख हर्कबहादुर रावलले बताउनु भयो ।
राराखबर । २०७३, २६ श्रावण बुधबार