हजारको लगानी, करोडको आम्दानी

उदाउदै युवा व्यवसायी
कृष्णप्रसाद आचार्य सुर्खेतका सफल व्यवसायी हुन । कलेज पढदै गर्दा सानो लगानीवाट उनले व्यवसाय सुरु गरेका थिए । इन्टर पढदै गर्दा उनले केही समय हकर भएर पत्रपत्रिका पनि बेचेका थिए । पत्रपत्रिकाको व्यापारवाट गुजरा चल्ने नदेखेपछि आचार्यले व्यवसाय चेन्ज गरेका थिए । भेटेनरी जेटिए पढेपछि उनले १८ हजार रुपैया लगानी गरेर एग्रोभेट व्यवसाय थालेका थिए । एग्रोभेट सगसगै खुद्रा पसल पनि गरेका आचार्यले छोटो समयमा राम्रो आम्दानी गर्न सफल भए । वुवाले दिएको १८ हजार रुपैयाले एग्रोभेट व्यवासय सुरु गरे, उनले भने, त्यपछि २ करोड रुपैया कमाए ।
सानो लगानीवाट राम्रो आम्दानी सानो लगानीवाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण वनेका आचार्यले अहिले विभिन्न व्यवसायमा ५ करोड रुपैया लगानी गरेका छन । खुद्रा पसल र एग्रोभेट छाडेर २०७० सालवाट उनले पानी उद्योगमा हात हालेका थिए । मध्यपश्चिम वाटर एण्ड बेवरेज इन्डस्ट्रीजका संचालन आचार्यले एक्युवान्स पानी, कोल्ड डिक, एक्युवान्स कोला, एक्युवान्स प्राइड, सोडा लगायत उत्पादन गदै आएका छन ।
प्रदेश एफएमको प्रवन्ध निर्देशक
पानी उद्योगको साथै उनको आशिष राइस मिल र शीव टेर्डस एण्ड सप्लार्य पनि छ । मिडियाको क्षेत्रमा पनि हात हालेका उनी प्रदेश एफएमका ंसंचालक हुन । उनी अलिहे प्रदेश एफएमको प्रवन्ध निर्देशक पदमा कार्यरत छन । उनी प्रदेश मिडिया हाउसको पनि उपाध्यक्ष हुन । ७० जनालाई रोजगारी
सुर्खेतको उदाउँदो उद्योगीको पहिचान वनाउन सफल आचार्यले अहिले प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा ७० जनालाई रोजगारी दिएका छन । आफनो व्यवसायी अनुभव सुनाउदै, उहाँले भने, मार्केट नबुझेर व्यसायमा हात हाल्नु हुदैन । यसैले पहिला विजनेस प्लान बनाउनु पर्छ, मार्केट रिसर्च गर्नुपर्छ, बजार सुहाउँदो मुल्य निर्धारण गर्ने अनि गुणस्तरीय समान उत्पादन गर्नुपर्छ । अनि मात्र सफल भइन्छ । हचुवाको भरमा उद्योग व्यवसायमा हात हाल्यो भने लगानी डुव्ने खतरा हुन्छ ।
छोटो समयमै राम्रो सफलता हासिल गर्न सफल युवा उद्यमी आचार्य अस्वस्थ प्रतिस्पर्धा, लगानी मैत्री वातावरणको अभाव जस्ता कारणले उद्योगधन्दा फस्टाउन नसकेको बताउँछन । बढीजसो उधारो लिने चलन छ । सरकारले एक रुपैया पनि सहुलियत दिदैन । भएभरको जायजेथा बैकमा राखी ऋण लिएर उद्योग संचालन गर्नुपर्ने व्यवासयीका वाध्यता छन । प्लान विना प्रतिफल पाउन कठिन
त्यसैले विना प्लान उद्योग व्यवसायमा हात हालियो भने प्रतिफल पाउन कठिन हुन्छ । त्यसले प्लान बनाएर व्यापार व्यवसाय गर्नुपर्छ, उनले भने । उद्योग व्यसायलाई फस्टाउनको लागि सरकारले प्रोत्साहनका कार्यक्रम ल्याउनु पर्ने, सस्तो व्याजमा ऋण दिनुपर्ने, लगानी मैत्री वातावरण बनाउनु पर्ने, स्वदेशी उपत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुरयाउन सरकारले सहयोग गर्नुपर्ने अनि प्रयाप्त औद्योगीक क्षेत्र बनाउनु पर्ने उनको सुझाव छ ।
स्थायी जागिर त्यागे
३३ वर्षे युवा व्यवसायी आचार्यले राष्ट्रिय मावि तारानगर कैलालीवाट २०५७ सालमा एसएलसी पास गरेका थिए । शिक्षा क्याम्पस सुर्खेतवाट आइएड र वीएड गरेका उनी अहिले मध्यपश्चिम विश्वविद्यालयमा अन्तराष्ट्रिय सम्वन्ध विषय अध्ययनरत छन । इन्टर पढदै गर्दा उनले सुर्खेतको राष्ट्रिय प्राविधिक शिक्षालयवाट १५ महिने भेटेनरी जेटिए पनि पढेका थिए ।
जेटिएको पढाई सकेपछि उनले भेटेनरी जेटिएमा स्थायी जागिरमा नाम पनि निकाले । तर उनले स्थायी जागिर खाएनन् बरु व्यवसायतिर हात हाले । स्थायी जागिरको लागि डोल्पामा पोष्टिङ्ग भएको थियो तर म गइन, उनले भने, डोल्पा नगएर सुर्खेतमै एग्रोभेट खोलेर व्यवसाय सुरु गरे । त्यसपछि सरकारी जागिरको चक्करमै लागिन । एग्रोभेटसगसगै खुद्रा पसल गरे। आर्कषक एनजीओको जागिर छाडेर उद्योगमा हात
उनले एउटा आइएनजीओमा पनि केही समय काम गरे । २०६८ सालमा डिप्रोक्स नेपालमा खाद्य सुरक्षा अधिकृतको रुपमा ५ महिना सल्यानमा काम गरेका उनले छोटो समयै जागिर छाडेर आफनो उद्योग व्यवसायलाई निरन्तरता दिए ।(पत्रकार प्रकाश पन्तसँग गरिएको कुराकानीमा आधारित)




फेसबुकबाट तपाईको प्रतिक्रिया