धार्मिक महोत्सवको सचिवालय उद्घाटन, कलश वितरण पनि सुरु

सुर्खेत, १७ भदौ ।
सुर्खेतमा सुविधा सम्पन्न कभर्ड हल निर्माणको लागि आगामी कार्तिक २५ देखि हुने मध्यपश्चिम धार्मिक महोत्सवको सचिवालय स्थापना गरिएको छ ।
शुक्रवार एक कार्यक्रममा वीच मध्यपश्चिम धार्मिक महोत्सव २०७३ को सचिवालय उद्घाटन गरिएको हो ।
152328सुर्खेतको रंगाशालामा रहेको सेमि कभर्ड हल भएको कार्यक्रमा सचिवालय उद्घाटन गर्नुको साथै कलस वितरण पनि सुरु गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रबहादुर गिरी र नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिपक वुढालाई रसिद दिएर कलस वितरणको सुरुवात गरिएको हो ।
कार्यक्रममा महोत्सवका सहनिर्देशक कविन्द केसीले जनस्तरवाट कभर्डहल निर्माणमा देखाइएको अग्रसरताले सरकारलाई चुनौति थपिएको वताउनु भयो ।
प्रचार विभाग प्रमुख श्रीधार पौडेल कभर्डहल निर्माणको लागि आयोजना हुन लागेको महोत्सवलाई सफल वनाउनु पर्नेमा जोड दिनुभयो ।
यस्तै महासंघका उपाध्यक्ष दिपक वुढा सुर्खेतकै इज्यातसगँ जोडिएकोले कभर्डहल निर्माणको लागि सवै सक्रिय भएर लाग्नु पर्ने वताउनु भयो ।
महोत्सव आयोजक मुल समितिका अध्यक्ष चेतवहादुर अधिकारीको सभापत्वि र खेलकुद विकास समितिका अध्यक्ष चन्द्रबहादुर गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोविन्द शरण महाराजका सविच कोष खडका लगायतले वोल्नु भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया