सुर्खेत, २२ पुष ।
‘न्यानो सुर्खेत’ अभियान अन्र्तगत सुर्खेतको वराहताल गाउँपालिका वडा न –२ का बाल बालिकाहरुलाई निशुल्क उपचार र न्यानो कपडा वितरण गरिएको छ ।
नेपाल वालपोली क्लिनिक, वराहताला गाउँपालिका र वैंस फाउण्डेसनले गिरीघाटमा बालबालिकाहरुको लागि निशुल्क उपचार र न्यानो कपडा वितरण गरेका हुन ।
शिविरमा बाढीपहिरोको कारण अस्थायी शिविरमा बस्दै आएका बालबालिकाहरुलाई निशुल्क उपचार गरिएको ‘न्यानो सुर्खेत’ अभियानका अभियन्ता तथा वालरोग विशेषज्ञ डाक्टर नवराज केसीले बताउनु भयो ।
शिविरमा सय जना बालवालिकाको स्वास्थ्य परिक्षण गरिएको छ । उपचारको लागि आएका बालवालिकामा स्वासप्रस्वास, निमोनिया, भाइरल ज्वरो जस्ता समस्या देखिएको पनि डाक्टर केसीले उल्लेख गर्नुभयो ।
उपचारको लागि शिविरमा आएका अतिविपन्न तथा आमावावु नभएका बालबालिकाहरुलाई न्यानो कपडा पनि प्रदान गरिएको छ । उनीहरुलाई मोजा, टोपी, ज्याकेट, सुरुवालजस्ता न्यानो कपडाहरु दिइएको जिल्ला वाल संरक्षण अधिकृत प्रेम आचार्यले जानकारी दिनुभयो
मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले ‘न्यानो सुर्खेत’ अभियान संचालन गर्नु भएको हो ।
विपन्न बालवालिकालाई चिसोबाट जोगाउनको लागि ‘न्यानो सुर्खेत’ अभियान थालेको उहाँले उल्लेख गर्नुभयो ।
महिला तथा बालबालिका कार्यालय सुर्खेतसँग समुन्वय गरी अति विपन्न बालबालिकाहरुको पहिचान गर्ने काम भैइरहेको उल्लेख गदै डाक्टर केसीले आगामी दिनमा यस्ता बालबालिहरुको शिक्षा र स्वास्थ्यमा थप सहयोग गर्ने बताउनु भयो ।
शिविरको उद्घाटन गदै बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले विपन्न वालवालिकाको शिक्षा र स्वास्थ्यको लागि गाउँपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
महिला तथा बालबालिका कार्यालयका बालसंरक्षण अधिकृत प्रमे आचार्यले सुर्खेतमा अभिभावक गुमाएका २ हजार वालवालिका रहेको भन्दै उनीहरुलाई सक्दो सहयोग गर्न सवैलाई आग्रह गर्नुभयो ।
यस्तै समाजसेवी प्रेमदेव गिरीले मानविय सेवा नै सवैभन्दा ठुलो धर्म भएकोले अरु विपन्न वस्तीमा शिविर संचालन गर्न सुझाव दिनुभयो ।
राराखबर । २०७४, २२ पुष शनिबार