मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सिलिन्डर बिस्फोट हुँदा भागदैड

indexसुर्खेत, ४ असार ।
मध्यपश्चिमक्षेत्रीय अस्पताल सुर्खेतमा अक्सिजनको सिलिन्डर पड्किएको छ
विषादी खाएको विरामीलाई उपचार गर्ने क्रममा अक्सिजन दिन खोज्दा सिलिन्डर पड्किएको क्षेत्रीय अस्पतालले जनाएको छ । अस्पतालका कार्यालय सहयोगीले खोल्ने क्रममा सिलिन्डर पड्किएको हो । सिलिन्डरको मुखमा फेरोमिटर जडान गरएको काँच ठुृलो आवाज सहित पड्किएपछि भागदैड मच्चिएको अस्पताल स्रोतले जनाएको छ ।
अक्सिजनको सिलिन्डर पड्किए पनि कसैलाई पनि चोट पटक भने नलागेको अस्पतालले जनाएको छ । अक्सिजन दिनको लागि खोल्ने क्रममा वढी प्रेसर दिदा पड्किएको हुन सक्ने अनुमान गरिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया