
जिल्ला वन कार्यालयमा ल्याएपति प्रक्राउ गरिएको काठबारे जानकारी लिदै निमित्त जिल्ला वन अधिकृत सुर्यप्रसाद शर्मा ।
सुर्खेत, ८ फागुन ।
सुर्खेतको दशरथपुुरबाट काठ तस्करीमा संलग्न ४ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा लेखफर्सा ६ का टोपबहादुर लुतेली, ५ का जीवन रजाली, टयाक्टर चालक कसेन्द्र सुनार र लेखफर्सा ६ का सुमन सनारलाई पक्राउ गरिएको जिल्ला वन कार्यालय सुर्खेतले जनाएको छ ।
दशरथपुर २ र ३ मा पर्ने गंगामाला सामुदायिक वनबाट ट्याक्टरमा काठ लैजादै गर्दा शनिवार राती १ बजेतिर उनीहरु पक्राउ परेका हुन ।
गाउँलेहरुको सहयोगमा १८ दशमलव ५८ क्यूफिट काठसहित उनीहरुलाई प्रक्राउ गरिएको निमित्त जिल्ला वन अधिकृत सुर्यप्रसाद शर्माले बताउनु भयो ।
बजार मुल्य १ लाख ३० हजार रुपैया पर्ने २८ थान चिरान काठसहित ट्याक्टर पनि बरामद गरिएको निमित्त जिल्ला वन अधिकृत शर्माले उल्लेख गर्नुभयो ।
लु १ त ८१७२ नम्वरको ट्याक्टरमा काठ लिएर भरी नदिको किनारतिर जादै गर्दा राती १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर थापालगायत गाउँलेको सहयोगमा वन क्षेत्रबाटै काठसहित ट्याक्टर पक्राउ गर्न सफल भएको इलाका बन कार्यालय गुमीका बन रक्षक मोतिप्रसाद अर्यालले बताउनु भयो ।
घटनाको अनुसन्धान गर्नको लागि इलाका वन कार्यालय गुमीका फरेस्टर प्रताप खत्रीलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान थालिएको निमित्त जिल्ला वन अधिकृत शर्माले वताउनु भयो ।
यसैवीच बीरेन्द्रनगर नगरपालिका २५ वाट काठसहित २ जनालाई पक्राउ गरिएको छ ।
हर्राडाँडा राष्टिय बनमा आरासहित १ दशमल ७० क्यूफिट काठसहित उनीहरुलाई पक्राउ गरिएको बन कार्यालयले जनाएको छ ।
घटनाको अनुसन्धान गर्नको लागि सहायक जिल्ला वन अधिकृत शेरबहादुर रोकायालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अघि वढाइएको पनि शर्माले बताउनु भयो ।
राराखबर । २०७३, ८ फाल्गुन आईतवार