सुर्खेत, २४ चैत्र ।
कर्णाली प्रदेशमा पहिलो पटक प्रदेश स्तरीय अनलाईन संघ नेपाल गठन गरिएको छ । आइतवार बीरेन्द्रनगरमा भएको नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चत भारतीको अध्यक्षता र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालको प्रमख आतिथ्यतामा भएको भेलाले प्रदेश स्तरीय अनलाईन संघ नेपाल तदर्थ समिति गठन गरेको हो ।
रारा खवर डटकमका संचालक प्रकाश पन्तको अध्यक्षतामा गठित तदर्थ समितिको सदस्यमा कुशे खवरका संचालक दीपेन्द्र शर्मा, त्रिरत्न मिडियाका प्रवासकुमार शाक्य, क्वीक खवर डटकमका खगेन्द्र अधिकारी, पश्चिम नेपाल डटकमका रन्जना थापा रहेका छन् ।
यस्तै देउती खवरका माया थापा, सेरोफेरो डटकमा कमलराज लम्साल, बुलबुले खवर डटकमका बुद्धिसिंह ठकुरी र आहा सञ्चार डटकमका मेघराज खड्का सदस्यमा रहेका छन् ।
भेलाले कर्णाली प्रदेशका दशवटै जिल्लामा संचालित अनलाइन मिडियाको तथ्यांक संकलन गरी बृहद भेलाको आयोजना गर्ने निर्णय समेत गरेको छ ।
निकट भविस्यमा प्रदेश स्तरीय भेलाको आयोजना गरी सवै जिल्लाका अनलाईनलाई समेटेर पूर्ण कार्यसमिति गठन गर्ने बताएको छ ।
भेलामा बोल्दै महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले अनलाईन मिडियाको सुदृढिकरण र विश्वसनियताको लागि काम गर्न नव गठित समितिलाई सुझाव दिए ।
पत्रकार महासंघसँग समन्वय गरेर अघि बढ्नु पर्नेमा जोड दिदै उनले अनलाईन मिडियामा कार्यरत संचारकर्मीको क्षमता अभिबृद्धि गर्ने खालका कार्यक्रम संचालन गर्नु पर्ने समेत बताए ।
यस्तै महासंघ सुर्खेत शाखाका अध्यक्ष भारतीले अनलाइन मिडियालाई व्यवस्थीत रुपमा संचालन गर्नको लागि कार्ययोजना बनाएर अघि बढन समितिलाई सुझाव दिए ।
तदर्थ समितिका अध्यक्ष प्रकाश पन्तले अनलाईन मिडिया संचालक र त्यहाँ कार्यरत संचारकर्मीको पेशागत हकअधिकारको लागि प्रतिवद्ध भएर काम गर्ने उल्लेख गरे ।
राराखबर । २०७५, २४ चैत्र आईतवार