बुलबुले तालमा डुंगा सरर (फोटो फिचर)

राराखवर, १७ सुर्खेत ।13313453_1710846445864419_1952462941_o

सुर्खेत उपत्यका नगर विकास समितिले वीरेन्द्रनगरमा रहेको वुलवुले तालमा डुंगा सञ्चालनमा ल्याएको छ । समितिले सोमबारदेखि तालमा चार वटा डुंगा हाललाई सञ्चालनमा ल्याएको हो ।

केही समय पहिले सञ्चालनमा आएका डुगांहरु असुरक्षाको कारण स्थगित थिए । सर्वसाधारण व्यक्तिका लागि प्रतिव्यक्ति १५ रुपैयाँ टिकट दर कायम छ भने, विद्यार्थिका लागि १० रुपैयाँको टिकट कायम गरिएको सुर्खेत नगर विकास समितिका अध्यक्ष धुव्रकुमार चपाईले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको स्थापना दिवसको अवसरमा बुलबुलेमा आयोजित अन्तरसंवादमा समितिले जेठ १५ भित्र डुंगा सञ्चालन गर्ने प्रतिवद्वता जनाएको थियो । डुगां सञ्चालनमा आएदेखी अवका दिनमा बुलबुले तालमा भ्रमण एवम् मनोरञ्जनका लागि आउने पर्यटकले डुंगा चढ्न पाउने भएका छन् ।

सुर्खेतको पर्यटन प्रवर्धनका लागि यस कार्यले थप भूमिका निर्वाह गर्ने आशा रहेको नेपाली काँग्रेसका नगर कमिटीका सभापनि देवकुमार सुवेदीले बताए ।

हेर्नुहोस् फोटाहरु :13313335_1710846475864416_1093211843_o         13340638_1710846522531078_1652426242_o13313686_1710846732531057_535779891_o                           सोमबार डुंगा उद्घाटन भएपछि रमाउदैँ पर्यटक । फोटो : राराखवर ।




फेसबुकबाट तपाईको प्रतिक्रिया