अग्नी पीडितलाई अमेरिकाबाट जयन्तीको सहयोग

सुर्खेत, १५ पुष ।
कालिकोटका अग्नी पीडितहरुलाई अमेरिकामा रहेकी समाजसेवी जयन्ती थापाले आर्थिक सहयोग गरेकी छन । पीडितलाई व्लाङकेट किन्नको लागि उनले १५ हजार रुपैया सहयोग गरेकी हुन ।


कैलालीको लम्कीस्थीति युथ लिडरसिप कर्नर मार्फत उनले पलता गाउँपालिका १ न्यौपानेखाडा गाउँका अग्नी पीडितलाई सहयोग गरेको त्यसको संयोजन गरिहेका कृष्ण बटालाले बताए ।
आफुले सक्ने जति सहयोग गरेको उल्लेख गदै उनले अरुलाई पनि अग्नी पीडितलाई सहयोग गर्न आग्रह गरेकी छन । कालिकोट जलेको अनि देश रोएको बेला आफ्नो मन पनि पोलेको उनले बताएकी छन ।


यो कठ्याङग्रिदो जाडोमा घरविहिन भएर बस्दा कस्तो अवस्था छ होला भन्दै उनले विपदको घडिमा जसले जहाँवाट जे जति गर्न सकिन्छ सहयोग गर्नुपर्ने बताएकी छन ।सामाजिक संजाल फेसबुक मार्फत उनले देश र समाज हाँसे मात्र आफु हाँस्न सकिने उल्लेख गरेकी छन् ।
पुष ८ गते कालिकोटको पलता गाउँपालिका १ न्यौपानेखाडामा भएको आगलागीबाट ८७ घर जलेको र ४ करोड ३५ लाख बरावरको क्षेती भएको कर्णाली प्रदेश सरकारले बताएको छ । अग्नी पीडितलाई पाँच लाख रुपैया दिएर घर निर्माण गरिदिने पनि प्रदेश सरकराले बताएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया