सुर्खेत, कात्तिक ५ ।भारतको विहार राज्यको मुजफ्फरपुरबाट तीन जना बालकलाई उद्धार गरिएको छ । त्यहाँको सिकन्धरपूर गाउँमा रहेको निर्देश बालगृहबाट दैलेख घर भएका ती बाल
कहरुको उद्धार गरेर घर ल्याइएको छ ।घरबाट भागेर भारतको बैंग्लोरमा काम गर्न गएका दैलेखेको दुल्लु नगरपालिका–९ का १५ वर्षीय टीकाराम पुरी, वडा नं. ८ का १४ वर्षीय सुन्दर वन र १५ वर्षीय सुरज गिरीलाई उद्दार गरेर घर पु¥याएको हो । जिल्ला बालकल्याण समिति, दैलेखको समन्वयमा दैलेख मै रहेको गैरसरकारी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) ले उनीहरुको उद्दार गरेको हो ।भागेर त्यहाँको होटेलमा काम गर्न थालेका उनीहरुलाई त्यहाँ बालबालिकाले होटलमा काम गर्न नपाउने भएकाले भारतीय प्रहरीले तीन महिना अघि नियन्त्रणमा लिएर बालगृहमा राखेको थियो । उनीहरुलाई प्रहरीले होटेलबाट लिएर बालगृहमा राखेको जानकारी आएपछि उद्दारका लागि पहल थालिएको थियो ।धनगढीका एक बालकका परिवारले दिएको सूचनाका आधारमा अभिभावकसहित नेपाल बाल संरक्षण सञ्जालका प्रदेश–६ का संयोजक तथा सोसेकका संस्थापक हीरासिंह थापाको टोली बिहार पुगेको थियो । त्यहाँबाट उनीहरुलाई गत बुधबार नेपाल ल्याइपु¥याएको संयोजक थापाले जानकारी दिए ।तीनै जना बालक पढाइ छाडेर भारत गएका हुन । तीन जना मध्ये सुरजले ८ कक्षामा र अन्य दुई जनाले ७ कक्षामा गाउँ कै विद्यालयमा पढ्ने गरेको बताएका छन् । उनीहरु मध्ये सुन्दर ५ महिना अघि, टिकाराम र सुरज एक वर्ष अघि नै भागेर बैंग्लोर पुगेका थिए । आफूहरुले तीन जना बालकहरु त्यहाँको बालगृहमा भएको जानकारी पाएपछि यहाँबाट अभिभावकको परिचयसहित त्यहाँ पुगेर उद्दार गरेको थापाले बताए । उनीहरुलाई शुक्रबार नै दैलेख पठाइएको छ ।
उक्त बालगृहमा थुपै्र नेपाली बालबालिकाले कष्टकर जीवन बिताइरहेको थापले बताए । मुजफ्फरपुर जिल्लाको सिकन्धरपूर गाउँमा रहेको निर्देश बालगृहमा नेपालका ३२ बालबालिका रहेको उनको भनाई छ । ‘‘त्यहाँको बालगृहमा यस्ता बालबालिकाहरु धेरैले कष्टकर जीवन विताईरहेका छन्,’ उनले भने–‘अहिले त्यहाँ ३२ जना बालबालिकाहरु रहेका छन् ।’’ थापाले ती बालकालिकाहरुको विवरण माग गरिएको र उनीहरुको उद्दारका लागि पहल गर्ने बताए ।
उनले आफूले बुझे अनुसार बालगृहमा हिरासतको जस्तो व्यवहार गर्ने गरिएको बताए । त्यहाँ रहेका बालबालिकाको अवस्था दयालाग्दो भएको भन्दै थापाले ती बालबालिकाहरुको उद्दारका लागि सबैले पहल गर्नुपर्नेबताए । यस क्षेत्रका बालबालिकाहरु आफूभन्दा अगाडिका आफन्तहरु भारत गएको देखेर लहलहैमा लागेर भागेर भारत जाने र दुःख पाउने गरेका छन् ।
राराखबर । २०७३, ५ कार्तिक शुक्रबार