अबैध काठसहित १२ जना नियन्त्रणमा

बद्री पन्त
जाजरकोट २७, माघ
डिभिजन वन कार्यालय जाजरकोटले एक सय ५४. ३९ क्युफिट अबैध काठ सहित १२ काठ तस्करलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई कुशे गाउँपालिका ६ को गजीनी पाखा सामुदायिक वन भित्र अबैध रुपले सल्लीको काठ काट्दै गर्दा पक्राउ गरेको निमित्त डिभिजन प्रमुख महेश कुमाईले बताउनु भयो । पक्राउ पर्नेहरुमा कुशे ६, थर्पुभार्माका भरत रोकाय, लालभक्त चलाउने र कर्ण रोकाय छन् भने त्यसैगरी सल्यानको दार्मा गाउँपालिका ४, का निरज बिक, केसर विक, पश्चिम रुकुमको चौरजहारी नगरपालिका १० का भीम केसी, राज कुमार केसी, मानसिंह रावत, अमरसिंह खड्का, तीलक भण्डारी, केसर वली र मानबहादुर वली रहेका छन्

 

उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइ रहेको छ, कुमाईले भन्नु भयो । थर्पुभार्माका स्थानीयले घर बनाउने प्रयोजनका उक्त सामुदायिक वनबाट आलो सल्लीको रुख काटेर काठ चिरान गरिरहेको अबस्थामा पक्राउ गरिएको हो । उनीहरुको साथबाट चार वटा काठ चिरान गर्ने पावर चेन्स मेसिन पनि बरामद गरिएको छ । वन ऐन–२०७६ को दफा ४९ मा उल्लेख गरिएको कसुर बमोजिम वन मुद्धा लगाउनुको साथै सोही वन ऐनको दफा ५० ले गरेको व्यवस्था अनुसार सजाय गरिने कुमाईको भनाई छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आबश्यक अनुसन्धान प्रक्रिया अघि वढाईएको छ कुमाईले बताउनु भयो । जाजरकोट जिल्लामा पछेल्लो समय पावर चेन्स मेसिन प्रयोग गरेर काठ तस्करहरुले वन क्षेत्र सखाप पारिरहेका छन् । जिल्ला भर जथाभावी काठ तस्करहरु मौलाए पछि डिभिजन वन कार्यालयले जिल्लाका सात वटै स्थानीय तहमा निगरानी वढाएको कुमाई बताउनु भएको छ । यसमा जो कोहि संलग्न भएपछि कडा कारवाही गर्ने कुमाईको भनाइ छ । जथाभावि दार काठ नकाट्न डिभिजन वन कार्यालय जाजरकोटले सवैमा अनुरोध समेत गरेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया