जाजरकोटका दुर्गम गाउँमा थप खाद्य डिपो राख्नुपर्छ अध्यक्ष शाह

12244435_935589806501162_5720532283643421695_oबद्री पन्त
जाजरकोट, २८ भदौ ।
राष्ट्रि प्रजातन्त्र पार्र्टी जाजरकोटले जिल्लाका चारवटा ठाउँमा थप खाद्य डिपोहरु राख्न माग गरेको छ ।
दशै तिहारलाई ध्यानमा राखेर झाप्राको नल्फु, ढिमेको घरंगा, लहँको खनटाकुरा र मजकोटको सानाखोलामा थप खाद्य डिपो राख्न माग गरेको हो ।
कार्णाली अन्चलका जिल्ला सरह जाजरकोटमा खाद्यान्न उत्पादन कम हुने भएकोले खाद्यान्न उत्पादन कम हुने भएकोले खाद्यान्न ढुवानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकषण गरेको छ ।
नेपाल खाद्य संस्थानवाट जाजरकोटको लागि निर्धारण गरिएको कोटा अनुसारको चामल गाउँमा रहेका डिपोमा पठाउन र डिपो थप गरी कम्तीमा पनि ४÷४ सय क्वीन्टल चामल ढुवानी गर्न आपुर्ति दिपक बोहरासँग माग गरेको छ ।
राप्रपाले साविकको इलाकालाई आधार बनाएर स्थानीय तहको संरचना वनाउन पनि सुझाव दिएको छ ।
बन जंगल तथा सरकारी जग्गा अतिक्रमण गरी वनाइएका घरटहराहरु हटाउन र वास्तविक सुकुम्वासीको पहिचान गरी उनीहरुलाई बसोवासको उचित व्यवस्था मिलाउन पनि सरकारसगँ माग गरेको छ ।
राप्रपा जाजरकोटले रग्दाका नर बहादुर बिकलाई जिल्ला कार्य समितिको सदस्यमा मनोनित गर्नुको साथै भगवतीका गोपाल मल्ललाई गाउँ अधिवेशन नभए सम्मका लागि गाउँ कार्य समितिको अध्यक्षको जिम्मेवारी दिने निर्णय समेत गरेको जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जाजरकोटका अध्यक्ष कृष्णविक्रम शाहले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा जनस्तरीय कार्यक्रम संचालन गर्ने वताउनु भयो ।
उहाँले राप्रपा जाजरकोटले अघि सारेका मागहरु तत्काल पुरा गदै जनतालाई खाद्यन्न लगायतका सुविधा दिनु पर्नेमा जोड दिनुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया