समाज परिवर्तनका एक्ला अभियन्ता

index‘मानिसहरु कर्म गर, फलको आशा नगर, अर्काको राम्रो नराम्रा कुरालाई विचार गरी आवश्यकताको महसुस गर, सबैको बिश्वास गर, पहिला आफुलाई गर, अर्काको कुरा सुनेर दिमाग नबिगार । जबसम्म आफ्नो कानले केहि सुन्दैन, जबसम्म आफ्नै आँखाले केहि देख्दैन, तबसम्म सत्यतथ्य पत्ता लगाउन गाह्र्रो हुन्छ । त्यसैले सकारात्मक सोचको परिभाषा आफैले नै बनाउनुपर्छ,’ नेपालका एकमात्र कोच नरबहादुर कार्की विभिन्न सभा सम्मेलनमा भनाईहरुबाट आफ्ना विचार सुरु गर्छन् । उनले तीन वटा कुरालाई जिन्दगीको परिभाषालाई जोडेर भन्ने गरेका छन् ।

उनका अनुसार जीवनलाई पुनर्लेखन गर्न सकिन्छ, कसैलाई कालो मनपर्छ कसैलाई गोरो मनपर्छ, कसैलाई सुन्तला, कसैलाई स्याउ, यो मानविय स्वाभाव हो । जीवन भनेको कथायोग्य हो । मान्छेका बिचारहरु अनेकौ हुन्छ , तर राम्रो कुरालाई लिउ, नराम्रा कुरालाई जहाँ हामी छौँ, त्यहीबाट हटाउ । जीवन भनेको विगत होइन बितेको कुरा नकोट्याउ, हिजो आज होइन, आज भोलि भनेर योजना बनाउ, राम्रो सृजनसिल काममा अग्रसर बनौँ, अर्काको पछाडि के गरेको छ नलागौँ, यति गर्यो भने मात्र हामी जीवनोपयोगी सिपको लक्ष्य सुन्दर जीवन बिताउन सक्छौँ । ब्यवहारमा परिवर्तन भए सकरात्मक सोचको विकास हुन्छ ।
‘हरेक सफल मान्छेले सफलताको लागि जुक्ति सोच्दछन् । तर असफल मान्छे आफ्नो असफलताको लागि वहाना खोज्दछ । त्यसैले राम्रो काम गर्नेहरुलाई सके साथ देउ नसके हौसला बढाउ, तर आफनो स्वार्थपूर्तीको लागि झुटो लान्छना लगाएर अपमानित नगर, कुनैदिन भगवानले तिमीलाई ठुलो खाडलमा हाल्नेछन्, त्यत्तिबेला थाहा हुन्छ, आफ्नो अपहेलना खेप्नै पालो आउँछ । साथै समुदायका मानिसहरुले तिमीमाथि थाल ठटाएर घृणा गर्नेछन्,’ जीवनलाई कसरी चलाउने भन्ने यस्ता कुराहरु उनका अधिकांश प्रवचनहरुमा झल्किन्छन्, ‘जीवनलाई सार्थक बनाइ सत्यतथ्य कुरामा भाग लिई, अर्काको जीवन कस्तो रहेछ भन्ने कुरा जान्नका लागि आफु स्वयम् अर्को ब्याक्ति भएर कल्पना गर्ने क्षमता विकास गर्न र जीवनलाई कलात्मक ढंगबाट समाजमा मिलेर बस्न सक्ने सुन्दर जीवनयापन गर्ने सीपको विकासका लागि सकरात्मक सोच हुनुपर्दछ ।’
दुर्गम जाजरकोटको कार्कीगाउँस्थित एक गरिब परिवारमा जन्मिएका नरबहादुर कार्की आज विश्वका सय जना प्रभावशाली व्यक्तिभित्र परेका छन् । उनी भन्छन्, ‘धेैरे मानिसहरु अगाडी बढ्ने वहानामा आफनो जीवन बाँच्न बिर्सिएका छन् । यसरी जीवनदेखि नभाग, बरु यसलाई सुन्दर तरिकाले बाच्नेतिर लाग । चाहे जति सुकै छिटोछिटो, चाहे जतिसुकै हतारहतार, चाहे जतिसुकै तनावपूर्ण तरिकाले किन नहिडियोस्, आजसम्म मेलै देखेजति कोही पनि मान्छे जन्मछन्, तर अन्तिममा त चिहान भन्दा पर पुगेको छैन त होला ।’ यसरी धाराप्रवाह आफ्नो विचारहरुलाई प्रस्तुत गर्न सक्ने महान खुबीका धनी नरबहादुरलाई समाज परिवर्तनका अभियन्ताको उपमा दिँदै नरबहादुरलाई नाम वल्ड एच आर अमेरिकी कँग्रेसले विश्वका एक सय प्रभावशाली कोचहरुमा छानेको छ । सरल र सामान्य स्वभावका उनमा कुनैखाले घमण्ड छैन । जिन्दगीमा स्वतन्त्रता, शक्ति र उमंग थप्ने अभियानका एक्लो अभियन्तासमेत रहेका नरबहादुरले युएनडिपी, डब्लुएचओ लगायतका विभिन्न संघसंस्थामा काम गरिसकेका छन् । उनले जिन्दगीका बारेमा केही वर्षअघि अमेरिकाबाट तालिम लिएर आएका थिए ।
उनले हालसम्म नेपालका ६५ जिल्लाका २ लाखभन्दा बढी मानिसहरुलाई जीवन कसरी जिउने भन्ने विषयमा प्रशिक्षण दिइसकेका छन् । त्यही प्रशिक्षणका आधारमा वल्ड एच आर अमेरिकी कँग्रेसले उनलाई ‘लाइफ कोच’का रुपमा छनोट गरेको हो । प्रशिक्षणका क्रममा अनावश्यक पीडा लिएर किन बाँच्ने रु यसका विकल्पहरु छन्, जीवनको ढाँचा बदल्न सकिन्छ र जीवनका कथाहरु पुर्नलेखन गर्न सकिन्छ भन्छन्, उनी । यसका साथै उनले जीन्दगीलाई कसरी स्वतन्त्रता बनाउने र शक्ति र उमंग थप्ने त्यस विषयमा तालिम दिन्छन् । उनी भन्छन्, ‘नेपाली मानसिकतामा दुई वटा कुरा परिवर्तन गर्नुपर्नेछ । पहिलो जिम्मेवारी र दोस्रो इमान्दारिता ।’ नेपालीले आफ्नो जिम्मेवारी के हो भनेर बिर्सिएको र इमान्दारीता गुमाएको बताउने उनलाई धेरैले जीवन रुपान्तरणका निर्माताको संज्ञा दिन्छन् । उनले नेपाल सरकारका धेरै तालिम गोष्ठिहरुमा समेत जीवनका बारेमा प्रशिक्षण दिएका छन् ।
वल्ड एच आर अमेरिकी कँग्रेसले उनलाई ‘लाइफ कोच’का रुपमा छनोट गरेपछि उनलाई अफगानिस्तान सरकारले त्यहाँ द्धन्द्धग्रस्त क्षेत्रका निराशामा बसिरहेका मानिसहरुलाई जिन्दगीका बारेमा तालिम दिन निम्तो दिएको छ । उनी छिट्टै त्यहाँ पुगेर द्धन्द्धग्रस्त क्षेत्रका निराशामा बसिरहेका मानिसहरुलाई जिन्दगीका बारेमा तालिम दिनेछन् । अफगानिस्तान जस्तो मुलुकमा पुगेर त्यहाँ जीवनका बारेमा तालिम दिने अवसर पाउँदा निकै खुसी लागेको उनले बताए । ‘त्यहाँका मानिसहरुले अनावश्वक पीडामा जीन्दगी जिइरहेका छन्,’ उनले भने ‘जिन्दगी जिउने विकल्प अरु पनि छन्, त्यस विषयमा उनीहरुलाई म प्रशिक्षण दिन्छु ।’




फेसबुकबाट तपाईको प्रतिक्रिया