विश्वको सय प्रभावशाली कोचमा नेपालका नरबहादुर

timthumb.phpविश्वको सय प्रभावशाली कोचहरुमा नेपालका नरबहादुर कार्की पनि छानिएका छन्। समाज परिवर्तनका अभियन्ता कार्कीको नाम वल्ड एच आर अमेरिकी कंग्रेसले छानेको हो। उनले हालसम्म नेपालका ६५ जिल्लाका २ लाख भन्दा बढी मानिसहरुलाई जीवन कसरी जिउने भन्ने विषयमा प्रशिक्षण दिएका छन्।
 त्यही प्रशिक्षणका आधारमा वल्ड एच आर अमेरिकी कंग्रेसले उनलाई ‘लाइफ कोच’का रुपमा छनोट गरेको हो । जिन्दगीमा स्वतन्त्रता, शक्ति र उमंग थप्ने अभियानका उनी एक्लो अभियन्ता समेत हुन् । जाजरकोटको कार्की गाँउमा जन्मिएका उनले युएनडिपी, डब्लुएचओ लगायतका विभिन्न संघ संस्थामा काम गरिसकेका छन्। उनले जिन्दगीका बारेमा केही वर्ष अघि अमेरिकाबाट तालिम लिएर आएका थिए ।
 के सिकाउँछन् उनी ?
 ३ वटा विषय उनी सबैलाई सिकाउन चाहन्छन्। अनावश्यक पीडा लिएर किन बाँच्ने, यसका विकल्पहरु छन्, जीवनको ढाँचा बदल्न सकिन्छ र जीवनका कथाहरु पुर्नलेखन गर्न सकिन्छ भन्छन उनी। यसका साथै उनले जीन्दगीलाई कसरी स्वतन्त्रता बनाउने र शक्ति र उमंग थप्ने त्यस विषयमा तालिम दिन्छन्। नेपाली मानसिकतामा २ वटा कुरा परिवर्तन गर्नुपर्ने उनले बताए। पहिलो जिम्मेवारी र दोस्रो इमान्दारिता । नेपालीले आफ्नो जिम्मेवारी के हो भनेर बिर्सिएको र इमान्दारीता गुमाएको उनले बताए। उनलाई धेरैले जीवन रुपान्तरणका निर्माता समेतको संज्ञा दिएका छन्।
 द्धन्द्धग्रस्त अफगानिस्तानमा तालिम दिन जाँदै
 विश्वको सय प्रभावशाली कोचमा परेपछि उनी अफगानिस्तान जाँदै छन् । उनी छिट्टै त्यहाँ पुगेर द्धन्द्धग्रस्त क्षेत्रका निराशामा बसिरहेका मानिसहरुलाई जिन्दगीका बारेमा तालिम दिनेछन्।
अफगानिस्तान जस्तो मुलुकमा पुगेर त्यहाँ जीवनका बारेमा तालिम दिने अवसर पाउँदा निकै खुसी लागेको उनले बताए।  ‘त्यहाँका मानिसहरुले अनावश्वक पीडामा जीन्दगी जिइरहेका छन्’ उनले भने ‘जिन्दगी जिउँने विकल्प अरु पनि छन् त्यस विषयमा उनीहरुलाई म प्रशिक्षण दिन्छु ।’
 पूर्ण खोप  अभियानका पनि अभियन्ता
उनी पूर्ण खोप अभियानका अभियन्ता पनि हुन् । उनकै पहलमा सरकारले सन् २०१२ मा अछामको भागेश्वर गाविसबाट पूर्ण खोप  अभियानको सुरुवात गरेको थियो । उनका अनुसार अहिले १२ सय ५० गाविस पूर्ण खोप गाविस घोषणा भएका छन ।५४ जिल्लामा खोप अभियान जारी भएपनि अहिले ७५ जटै जिल्लामा यो अभियान चलिरहेको छ।  विभिन्न क्षेत्रमा काम गरेको अनुभव सुनाउँदै कार्कीले सरकारले समयमा नै ग्रामिण भेगका बालबालिकासमक्ष खोप पुर्‍याउन नसकेकाे बताए ।
 वर्थिङ सेन्टर स्थापना उनकै पहलमा
 उनकै पहलमा नेपालमा वर्थिङ सेन्टरको सुभारम्भ भएको हो। ग्रामिण भेगमा मानिसहरु घर, गोठ खेतमा सुत्केरी हुने गरेपनि उनले वर्थिङ सेन्टरको स्थापना गर्नुपर्ने अवधारणा सरकारसँग पेश गरेका थिए । सरकारले उनको प्रस्ताव स्वीकारेपछि पछिल्लो समय वर्थिङ सेन्टरमा सुत्केरी हुन आउने हरुको संख्या बढेको र मातृमृत्यु दर पनि घटेको उनले सुनाए। हाल नेपालमा  १८  वटा वर्थिङ सेन्टर संचालनमा आएका छन् । सुरुमा नवलपरासीबाट सुरु भएको वर्थिङ सेन्टर पछि हुम्ला, रामेछाप, ओखलढुंगापछि अन्य जिल्लामा संचालनमा ल्याइएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया