खलंगा -पाँचकाटीया सडकको कन्तविजोग

बद्री पन्त
जाजरकोट २७, असार
करोडौं खर्च गरेर निर्माण गरेको जाजरकोटको खलंगा पाँचकाटीया सडकको स्तरोन्नति नहुँदा यातायात सन्चालनमा समस्या भएको छ । ट्रयाक खुलेको १३ बर्ष वित्दा समेत उक्त सडकको स्तरोन्नति हुन सकेको छैन । सडक विभाग लगाएत निकायको चरम लापरवाहीले यस सडकमा स्थानीयले यातायातको सहज सुविधा पाउन सकेका छैनन् ।
जाजरकोट सदरमुकाम खलंगा, पाँचकाटीया पंैक, ब्याउली ढुंगा र बारेकोट गरी दुवैतिरबाट जुम्ला जोड्ने सडक हो । ट्रयाक खुलेको १३ बर्ष भयो उक्त सडकको स्तरोन्नति हुन सकेको छैन । ट्रयाक ओपन भएको बर्षौं वित्दा पनि खलंगा पाँचकाटीया सडकको स्तरोन्नति नहुदा यातायात सन्चालनमा समस्या भएको छ ।
दर्जनौं घुम्तीका साथै ग्रेडिङ्ग नमिल्दा १५ करोड बढी खर्चेकोे ३२ किलोमीटर दुरीको सडकमा नियमित यातायात सुचारु हुन सकेका छैनन् । पर्यटन र कृषि उत्पादनका हिसावले महत्वपूर्ण मानिने यो सडकको छिटो स्तरोन्नती र निर्माण सम्पन्न हुनु पर्ने हो सरोकारवाला निकायले चासो नदिदा समस्या भएको हो ।


सडकमा रेखाकंन मिलाउने, नाली काट्ने, चौडा पार्ने, ग्रेडीङ्ग मिलाउने, ग्याबीङ्ग, मेसीनरी वाल लगाएत कार्य हुन सकेका छैन । कुशे गाउपालिका र बारेकोट गाउपालिकाका बासिन्दालाई आवतजावत गर्ने मुख्यबाटो हो यो । हिउदमा धुलाम्मे तथा बर्खा लागे हिलाम्मे हुने सकडका कारण जनताले सास्ती खेप्नु परेको छ । स्थानीयलाई २३ किलोमिटर दुरी पार गर्न ८ घण्टा लाग्छ भने गाउँसम्म पुग्न २÷३ दिन पैदल हिडेर गन्तब्यमा पुग्नु पर्ने वाध्य भएको दलबहदुर थापाले बताउनु भयो ।
करोडौं खर्च गरेर निर्माण गरेको उक्त सडकमा ६ महिना पनि यातायात संचालन नहुने गरेको छ । सडकको ट्रयाक खुलेकै बर्षौ वित्यो, तर स्थानीयले यातायातको सुविधा पाउन सकेका छैनन । सडक यातायात संचालन नहुदा दुर्गम गाउमा खाद्यान्नका साथै दैनिक उपभोग्य बस्तुको ढुवानीमा समस्या भएको थापाको भनाइ छ ।
डिभीजन सडक कार्यालय चौरजहारीले सडकको स्तरोन्नती तर्फ बेवास्ता गर्दा बर्षेनी स्थानीयबासीले सास्ती खेप्न वाध्य भएको कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीले बताउँनु भएको छ । ढीमे, पैंक, अर्छानी, पजारु, टालेगाउ, नायकबाडा, रामीडाडा, रोकायगाउ लगाएत गाउका बासिन्दालाई दिनभरको पैदल यात्रा पछि खलंगा पुग्नु पर्ने वाध्यता छ ।
स्थानीयलाई आवतजावतमा सास्ती मात्र हैन, दैनिक उपभोग्य बस्तु ढुवानीमा पनि कठिनाई भएको छ । यातायात अवरुद्ध हुँदा विरामी, अपाग, बुढाबुढी, बालबालिका बढी मर्कामा परेका छन् । अहिले बर्खा सुरु भएसंगै सडकको दजनौं ठाउँमा खाल्डाखुल्डी तथा हिलाम्मे हुदा यातायातका साधन तानेर गन्तव्यमा पुग्नु पर्ने बाध्यता भएको छ ।
पर्यटन र कृषि उत्पादनका हिसावले महत्वपूर्ण मानिने यो सडकको छिटो स्तरोन्नती र निर्माण सम्पन्न हुनु पर्ने स्थानीयको माग छ । करोडौंको लगानीमा निर्मित उक्त सडकमा नियमित यातायात सुचारु नहुने गर्दा स्थानीय बासिन्दा आक्रोसित बनेका छन् । निर्माण भएको सडक गाडी गुडाउन लायक नबनाएकोले लगानी खेर गएकोे छ । दशक अघि निर्माण भएका सडकमा समेत बाह्रै महिना यातायात संचालन हुन सकेको छैन । सडक निर्माण गर्ने तर गाडी गुडाउनलाई योग्य नबनाउने प्रचलनले समस्या आएको देखिन्छ ।
यो सडक त एक उदाहरण मात्र हो जिल्लामा निर्माण गरिएका १ सय बढी ग्रामीण सडक व्यवस्थित गर्न नसक्दा समस्या भएको छ । जिल्लाका विभिन्न स्थानमा सडक खन्ने काम हुन्छ । तर गाउँ पिच्छे खनीएका सडक अलपत्र परेका छन् । सडक निर्माणका नाममा करोडौं रकम खर्च भैसक्दा पनि यहाँका स्थानीयले यातायात सुविधा पाउन सकेका छैनन् । व्यापारीहरुलाई सामान ढुवानीयमा निकै समस्या भएको छ ।
सडकको रेखांकन प्राविधीक नम्स विपरित हुदा पनि निर्माण कार्य अलपत्र परेका छन् । प्राविधीक दृष्टीकोण भन्दा पनि राजनितिक दवावमा घरछेउ नजिकबाट सडक लैजान खोज्दा यस्तो भएको हो । सरकारी लगानी बालुवामा पानी भएको स्थानीयको आरोप रहेको छ । ती सडकमा यातायात संचालन नहु“दा दैनिक उपभोग्य बस्तु, विकास निर्माण सामाग्री लगाएतको ओसारपसारमा पनि समस्या हुने गरेको छ ।
दशक अघि निर्माण भएका सडकमा समेत बाह्रै महिना यातायात संचालन हुन सकेका छैनन् । सडक निर्माण गर्ने तर गाडी गुडाउनलाई योग्य नबनाउने प्रचलनले पनि समस्या आएको बारेकोटका नरबहादुर गिरीले बताउनु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया