एक लाख ५० हजार रासीको भलिबलको उपाधि सुर्खेतलाई

बद्री पन्त
जाजरकोट १६, पुस
रमाइलो मेला तथा जाजरकोट सांस्कृतिक महोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला भलिबल खेलको उपाधि सुर्खेतको चुली युवा क्लबले हात पारेको छ । जाजरकोट स्थित सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गर्दै चुली युवा क्लब विजयी भएको हो । खलंगाको थाप्लेचौर खेल मैदानमा वेस्ट अफ फाईभमा खेलाइएको फाइनल खेलमा ३(१ ले सुर्खेतले जित निकालेको हो ।

२५(१७, २५(१७, १९(२५ र २५(१८ को सेटमा एपीएफ पराजित भएको हो । जितसँगै सुर्खेतले एक लाख पचास हजार रुपैयाँ, द्धितिय भएको एपीएफले नगद एक लाख हात पारेको छ । भलिबल प्रतियोगितामा तृतिय भएको नेपाली सेनाको ज्वालादल गणले ५० हजार रुपैयाँ पाएको छ । सात टिमको सहभागीता रहेको भलिबल प्रतियोगिता लिक कम नकआउटको नियम अनुसार खेलाइएको थियो ।

भलिबल प्रतियोगितामा स्थानीय क्लब, विभिन्न पालिका, नेपाल आर्मी, एपीएफ र छिमेकी जिल्लाका टिमहरु सहभागी रहेका थिए। गत १२ पुस गते देखी भएको खेलको फाइनल खेल बुधवार भएकोे हो । जाजरकोटमा अहिलेसम्म आयोजना गरिएका खेल मध्य प्रतियोगिता सर्वा्धिक राशीको पुरस्कार हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया