किसानको आँसुमा माफियाको मनपरी

संसारसेन पृथक

हरेक राष्ट्रका राष्ट्रिय महत्वका उत्पादन त्योदेशको मुख्य समृद्धि बिकास सम्पन्नता सग जोडिएको हुन्छ कतिपय राष्ट्रका बिकास र समृद्धिसगै जोडिएको खनिज पेट्रोल डिजेल ग्यास फलाम कृषि आदि हुने गरेका छन हाम्रो देशको झन्डै ७५ प्रतिससत आय समृद्धि सम्पन्नता र बिकास सग जोडिएको मुल श्रोत कृषिनै हो नेपाल समृद्धिको बाटोमा अगाडि बढन नसक्नुको मुल समस्या भनेको सरकारलेनै कृषिमा ठोस नीति तथा कार्यक्रम ल्याउन नसक्नु हो हरेक राष्ट्रले आफ्नो देशको मुल आयश्रोत लाई राष्ट्रिय योजना बनाउने गरेको पाइन्छ बिडम्बना हाम्रो देशको सरकारले कृषिलाई प्राथमिकता दिएकै छैन। जबसम्म सरकारले कृषिलाई समुहगत औद्योगिकरण गर्न सक्तैन तबसम्म समृद्धि र समाजबादको कल्पना नगरेपनी हुन्छ। इतिहासमा नेपाली किसानले थुप्रैपटक किसान आन्दोलन गरेकाछन दुर्भाग्य किसानका जल्दाबल्दा समस्याको मुल फाइदा कृषि माफिया तस्कर र दलालहरुको पोल्टामा परेको छ जस्लाइ औल्यान खोजिएको छ।
किसानका मौलिक समस्या र समाधान के हो ?
कृषिप्रधान राष्ट्रमा कृषि क्रान्तिका बुक्ला गफ चुटेर फर्जी उत्पादन र दलाल पुजिको निर्माण बाहेक अहिलेसम्म अरु भएको पाइदैन कृषि क्रान्ति भनेको कृषिको औद्योगिक र सामुहिकरण बाहेक अर्को विकल्प हुनै सक्तैन बर्तमन सरकारले भुमिलाइ राष्ट्रियकरण गरेर नेपाली कृषिको बहुराष्ट्रिय लगानीमा सम्पन्न गराएर अन्तर्राष्ट्रिय दलाल बिचौलिया र माफियाको जालोमा गिजोल्न खोजेको छ समृद्धि बिकास र समाजबादको हल्लाखोर प्रपोगाण्डा गरेर कृषिमा आधारित सम्पुर्ण उत्पादित बस्तुलाइ उत्पादनमा जनताको श्रम प्रसोध्नमा बिदेशी लगानी गरेर बितरणमा महङ्गी बढाएर नेपाली किसानकै जिबनस्तरलाइ थप जटिलतातिर धकेल्ने नितिनै यतिबेलाको सरकारले कृषिको राष्ट्रिय कार्यक्रम तय गरेको छ खाद्यान्न, दुग्ध, तथा मासुको उत्पादनमा सामाजिक रूपमा सामुहिक संघठित औद्योगिक कृषिमा ल्याउनुनै कृषि क्रान्ति हो

समृद्धि बिकास र बैज्ञानिक समाजबाद्को उचित हल पनि हो किसानले उत्पादन गरेको बस्तुको बैज्ञानिक बितरन सहज बजारीकरण गर्नु सरकारको कर्तव्य हो सत्ताधारी नेकपाको एउटा खेदजनक नीति तय हुन थालेको छ भुमी ऐनमा जमिनको राष्ट्रिय करण र उद्योग कलकारखानाको नाममा रहेको जमिन पलटिङ गरेर बेच्नपाउने नितिनै भुमण्ड्लिकृत पुजीवादी युगको अबस्थामा यो निर्णयनै बिचौलिया तथा भु माफियाको पक्ष र जनताको विपक्षमा हुन्छ यस्ता निर्णयलाई तत्काल सच्याउनु पर्दछ र सम्पुर्ण रूपमा उद्योग कलकारखाना र कृषि योग्य भुमिलाइ जनताको साझा र सामुहिक अधिकारमा लिनुपर्छ अनिमात्र सरकारी तवरबाटनै कृषि क्रान्ति हुन्छ ।
तत्कालीन रूपमा देखिएको उखु किसान र मिल मालिक बीचमा देखिएको समस्या पनि यहीं हो उखु मिलपनी कृषकको साझा अधिनमा र उखु उत्पादनपनि कृषकले साझा गरेको भय अहिले किसान रुदै सडकमा हिडनुपर्ने बाध्यता आउने थिएन त्यसैले राष्ट्र सम्पन्नताकोलागी राष्ट्रिय सम्पत्तिलाई जनताको सामुहिक साझा अधिनमा लिन जरुरी छ। बिचौलिया माफियाको अधिकारमा प्रसोधन र बितरण जनताको अधिनमा उत्पादन भएको कारण कृषकको दुर्भाग्य निम्तेको हो ।
कृषिमा माफिया बिचौलिया मुख्य समस्या के हो ?
नेपाली उत्पदन कृषिको मुल समस्या भनेको बिचौलिया दलाल माफियाको हो बिदेशी खाद्यान्न दुध माछा मासु स्वदेशमा भित्र्याउन र नेपाली उत्पादित बस्तुको न्यूनीकरण गर्नमा बिचौलिया दलाल भु माफियाको प्रमुख हात रहेको छ सरकारलेनै बिसाक्ता तरकारी माछामासुमा बिनासर्त भित्र्याउन लगाउने भनेको सरकार माफियाको इसरामा चलेको छ भन्नेमा दुइमत छैन छिमेकी शक्तिराष्ट्र भारतले पोसेका बिचौलिया दलाल माफियाले जतिबेला जेजस्तो नीति ल्याउछन त्यसैलाई सरकारले हुबहु लागुगरेको छ।
जस्तै
१) नेपाली दुग्ध उत्पादन गर्ने किसानलाइ दुध बाटोभरी पोख्न बाध्य पार्नु।
२) तरकारी उत्पादन गर्ने किसानको बन्दा गोबिमा डोजर चलाएर तरकारी नस्ट्गर्न बाध्य पार्नु।
३)मासु उत्पादन गर्ने किसानलाई अण्डा सडकमा फालेर नष्ट पार्न लाउनु।
४) खाद्यवस्तु उत्पादन गर्ने किसानलाई बिचौलियालेनै पैसा भुक्तानी नदिएर फेरि उत्पादनमा न्यूनीकरण गर्नु ।
याबत समस्या धेरै छन योसब बिदेशी बस्तु जबर्जस्त रूपमा नेपाली जनतालाई खान बाध्य पार्नु र नेपाल राष्ट्रलाइनै परनिर्भर मुखी बनाउनेतर्फ दलाल भुमाफियाको हात छ त्यहीँ माफियाको ताल्मा सरकारले नीति बनाउने र कार्यनयन गर्ने गरेको देखिन्छ ।
आत्मनिर्भर र रोजगार सृजना गर्न सक्ने सुनौलो सम्भावना 
पहिलो कुरा हामीले कसरी आत्मनिर्भर हुनसकिन्छ भनेर सोच्नु भन्दा किन परनिर्भर बनेको हो भन्नेमा गहिरिएर अध्यन गर्नु जरुरी छ हाम्रोजस्तो हजारौं श्रोत साधन र सम्भावना बोकेको राष्ट्र किन परनिर्भर बन्न बध्य भयो भन्दा हाम्रो उत्पादन बितरण सैलिनै रुडिग्रस्त भयो जहाँ बैज्ञानिक तरिकाले राष्ट्रिय नीति कार्यक्रम आउन नसक्नु हो जबसम्म परिस्थिति कसरी अगाडी बढेको छ सोही अनुसारको कृषि तथा उत्पादनमा बिकास गर्नु जरुरी हुन्छ जनसंख्याको वृद्धि बिकास सगै सामाजिक उत्पादनमा उत्पन्न अंतर्विरोधको हल बैज्ञानिक हुन जरुरी हुन्छ नेपालका हरेक श्रोत साधनको सामुहिक उत्पादन र सामुहिक बितरणसगै सरकारले बजारीकरण गर्दिन सक्ने हो भने नेपाल छिटोछरितो तरिकाले आत्मनिर्भर बन्न सक्ने संभावना छ

कृषिमा औद्योगिकरण गरेर सामुहिक उत्पादन सामुहिक प्रसोधन सामुहिक बितरण गर्न सकिन्छ जस्बाट टुक्रे उत्पादन प्रणाली अन्त्य गरेर सामुहिक उत्पादनमा बिकास हुन्छ र समाज स्वतस्फूर्त समाजबादको बाटोमा अगाडी बढछ राष्ट्रिय नीति तथा कार्यक्रममा पचास पचास लाखजती युबाहरुलाइ संगठित गरेर कृषि क्षत्रमा खाद्यान्न ,मासु दुग्ध ब्यबसायमा परिचालन गर्न सक्ने हो भने जम्मा जम्मी एक करोड पचासलाख युबाहरु रोजगार र उदमी बन्नेछन बाकी कर्मचारी विद्यार्थीको पलायन हुनेगरेको आर्थिक स्वदेशमा रोक्न सकिन्छ त्यतीले गरेको उत्पदन स्वदेश तथा बिदेशका बजारमा राष्ट्रिय स्तरबाट बजारीकरण गर्न सक्ने हो भने राष्ट्रिय अर्थतन्त्रको बिकास आत्मनिर्भर र रोजगारको सुनौलो संभावना देखिन्छ तर त्यो तिर सरकारले ध्यानाकषिर्त गर्दैन आधारभुत उत्पादन नगरेर फर्जी र बिचौलिया उत्पादनमा ध्यानाकर्षण गरेर अरु परनिर्भर बन्नेदिशामा छ त्यसको कारण सरकारमा बस्नेहरुको राजनीति बैचारिक रूपमा बर्तमन बहुराष्ट्रिय दलाल पुजिबादलाइ बुझ्न जरुरी छ सरकार र संसदबादी राजनीति शक्तिहरुनै बहुराष्ट्रिय पुजिको उदार नितिमा जाकिएकाछन जस्ले राष्ट्रमा थप भयावह बेरोजगार गरीबी र चरम परनिर्भर बन्ने समस्या र बिचौलिया भु माफियाको बिग्बिगी उनमाद बढेर जान्छ ।
युवाहरूको कृषिमा देखिएको आकर्षण र समस्या के हो ?
नेपाली युबाहरुको बर्तमन अबस्थामा कृषिमा बढदो आकर्षण देखिन्छ तर समस्या त्यतिकै छन समस्या उत्पादनमा होईन बितरणमा देखिन्छ बितरणमा बिकाउको समस्या होईन समस्या माफिया र बिचौलियाको हो हरेक किसानले उत्पादन र बितरण फुटकरनै हो यसको समाधान भनेको सामुहिक उत्पादन र सामुहिक बितरण हो जसकोलागी सरकारी तवरले हलगर्न नसक्ने हो भने बिचौलिया र दलाल माफियाले बिदेशी उत्पादित बस्तुलाइ नेपालमा बितरण गरेर युबाहरुको उत्पादन प्रतिको आकर्षण टुट्ने खतरा हुन्छ जस्तै नेपाली उखु व्यावसायिक किसानलाई उखु उत्पादनमा बिकर्सन पैदा गराउने चिनी उद्योग बन्द गराउने र भारतीय चिनिलाइ जबर्जस्त नेपाली बजारमा बितरण गराउ भारतिय दलाल माफियाको चलखेल हो यतिमात्र होइन नेपाली उत्पादित हरेक बस्तुमा ह्रास ल्याउने र नेपाली युबाहरुलाइ बेरोजगार र देश सधैं परनिर्भर बनाउने छन त्यसैले सैद्धान्तिक तथा बैचारिक रूपमा युबाहरुलाइ सामुहिक र संगठित बनाउनेतर्फ जोड अनिवार्य छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया