सुर्खेत, २० जेठ ।
कामका लागि खाडी मुलुक साउदी अरव जानु भएका सुर्खेतको वीरेन्द्रनगर ४ भैरवस्थानका दशरथ खनालको मृत्यु भएको छ ।
३ महिना अघि साउदी अरव जानु भएका उहाँको ४ दिनअघि मृत्यु भएको आफन्तले जनाएका छन । काम गरेर कोठामा आएर सुन्नु भएका खनाल विहान मृत अवस्थामा फेला पर्नू भएको आफन्तले वताएका छन ।
साउदीमा रहनु भएका खनालका सालाले काम सकेर वेलुका कोठामा सुत्नु भिनाजु मृत अवस्थामा फेला पर्नु भएको जानकारी दिएको वताएको छ । खनालको शवलाई अहिले साउदीकै अस्पतालमा राखिएको र नेपाल ल्याउन अझै एकहप्ता जति लाग्न सक्ने वताएको छ ।
राराखबर । २०७३, २० जेष्ठ बिहीबार