कर्णालीमा मुख्यमन्त्री शर्माको अडान कायमै

सुर्खेत । केन्द्रीय सत्ता गठबन्धनको निर्णयविरुद्ध कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने अडान कायमै राखेका छन् ।

प्रदेशको विवाद मिलाउन भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज बिहान मात्रै सुर्खेत पठाएका छन् ।

मुख्यमन्त्री निवासमा नेता शाही, प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, प्रदेश अध्यक्ष विमला केसी र मुख्यमन्त्री शर्मा सहितका नेताहरू छलफलमा जुटेका छन् । बिहान ११ बजेदेखि सुरु भएको छलफल जारी छ ।

शाहीले मुख्यमन्त्री शर्मालाई केन्द्रीय निर्णय अनुसार राजीनामा दिएर एमालेलाई सहयोग गर्ने विषयमा छलफल गरिरहेका छन् । तर, मुख्यमन्त्री शर्माले भने संसदीय प्रक्रियाअनुसार विश्वासको मत लिने प्रयोजनका लागि संसद्मा प्रस्ताव दर्ता गराइसकेकाले त्यसबाट पछि नहट्ने अडान दोहोर्‍याउँदै आएको छलफलमा सहभागी एक नेताले बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया