अलपत्र पारिएका पोलहरू खोजे, श्रमदान गरेर घरमा विद्युत पु¥याए
जाजरकोट ।
विकास निर्माणमा जनप्रतिनिधिको कति महत्वपूर्ण भूमिका रहन्छन् भन्ने गतिलो उदाहरण हुन् नलगाड नगरपालिका–४ वडाध्यक्ष बद्री पन्त । जसको अठोटले लहँगाउँ झिलिमिली बनेको छ । वर्षाैँदेखि दियालो र टुक्कीको भरमा रात कटाउने स्थानीयबासी हिजोआज बत्तिको उज्यालोमा रमाएका छन् ।
वडाध्यक्ष पन्तले गाउँमा बत्ति पु¥याउन ठूलो साहस र आँट गरे ।
लहँगाउँ नजिकै केही वर्षदेखि बाटोभरी विद्युतका अलपत्र पोलहरू थिए ।
कालीमाटी–रुगुनाथ–खानटाकुरा हुँदै बारेकोटसम्म विद्युत विस्तारका लागि ल्याएका पोलहरू अलपत्र अवस्थामा थिए ।
वडाध्यक्षले तीनै अलपत्र पोलहरू प्रयोग गरेर गाउँसम्म विद्युत पु¥याउने साहस र आँट गरे ।
उनको यो अठोटलाई स्थानीयले होस्टेमा हैस्य थपे । एउटा आयोजनाको पोल अर्काे आयोजनामा प्रयोग गर्नु चानचुने कुरा थिए । तर वडाध्यक्षले भने त्यही आँट गरे ।
‘वर्षाैदेखि विद्युत्का पोलहरू अलपत्र पार्दा राज्यले केही नगर्ने तर हामीले त्यही पोलहरू प्रयोग गरेर गाउँमा विद्युत पु¥याउँदा के अपराध हुन्छ ?’ वडाध्यक्ष पन्तले यस्तै सोचे । भैपरी आउने बाधा अड्चनसँग जुध्न तयार भए ।
अनि गाउँमा पुगेर स्थानीयलाई विद्युत ल्याउने योजना सुनाए । गाउँसम्म विद्युत पु¥याउनका लागि श्रमदान गर्नुपर्ने सर्त राखे । वडाध्यक्षको यति ठूलो आँटलाई स्थानीयले दिल खोलेर साथ दिए ।
त्यसपछि कानूनी अट्चनहरू आउन नदिन पन्तले नेपाल विद्युत् प्राधिकरण जाजरकोट शाखासँग समन्वय गरे ।
वडाध्यक्षको योजनामा प्राधिकरणसमेत सहमत भयो । गाउँसम्म लाइन विस्तार लागि आवश्यक तार, इन्टिलेटर र डिआइरन दिन प्राधिकरण राजी भयो ।
वडाध्यक्षले प्राविधिक लगायतका अन्य कामका लागि आवश्यक पर्ने २ लाख बजेट वडाबाट निनियोजन गरे ।
त्यसपछि सुरु भयो गाउँमा विद्युत् पु¥याउने र वर्षाैँदेखिको अन्धकार हटाउने बृहत काम ।
वडाध्यक्ष र स्थानीयले बाटो र खोलाखाल्सामा अलपत्र अवस्थामा फ्याँकिएका पोलहरू खोजेर सदुपयोगमा ल्याए ।
आफैले पोलहरू गाड्ने खाल्डाहरू खने । ति अलपत्र पोलहरू गाड्नका लागि खनिएका खाल्डासम्म पु¥याए । जोखिम मोलेरै भएपनि विद्युतको लाइन ताने ।
वडाध्यक्षको आँटलाई स्थानीयले दिल खोलेर श्रमदान गरेकै कारण अहिले गाउँमा विद्युत् पुगेको छ ।
विद्युत पुगेपछि वर्षाँैदेखिको अन्धकार हटेको छ । सधै दियालो र टुक्कीको भरमा राती अटाउने लहँगाउँ झिलिमिली बनेको छ ।
यो श्रमदान र विद्युत विस्तारको अभियान रोकिएको छैन । हालसम्म लहँगाउँका सबै घरधुरीमा विद्युत लाईन जोडिएको वडाध्यक्ष पन्तले बताए ।
नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले पनि घरघरमा विद्युत् पु¥याउने प्रतिबद्धता अनुसारनै काम गरिरहेको बताए ।
लहँबासी दंङ्ग
नलगाड नगरपालिका –४, लहँका बलीबहादुर ओली जीवनभर दियालोको भरमा गुजारा चलाए ।
अन्यका घरमा सोलार बालेर झिलिमिली हुन्थ्यो । तर गरिवीका कारण उनले सोलार किन्न सकेनन् । रातिमा टुकी र दियालो बाल्थे । उमेर ७० वर्ष पुगेका उनलाई रातिको समयमा काम गर्नुपरेको दिन निकै समस्या हुन्थ्यो । तर अहिले आफ्नै घरमा विद्युत पुगेपछि उनी दङ्ग छन् । समस्या नै परेको दिन बत्ति बालेर रातभरी काम गर्न सक्छन् ।
बलीजस्तै सोही गाउँमा कालीबहादुर वलीको दैनिकी उस्तै थियो ।
उनी रातमा उज्यालो गर्न जंगलबाट सल्लाको दियालो ल्याउँथे । ६९ वर्षिय उनलाई अध्यारोमा भित्र बाहिर गर्न निकै मुस्किल पथ्र्याे ।
तर विद्युत पुगेपछि उनलाई निकै सहज भएको छ । बली र कालीमात्रै होइन, गाउँमा विद्युत पुगेपछि स्थानीयको दैनिकी सहज भएको छ ।
जिल्ला सदरमुकाम आउँदा मात्र विद्युत प्रयोग गर्न पाउने उनीहरू अहिलिे घरमा बत्तिको उज्यालो देख्न पाएका छन् ।
आफ्नै घरमा विद्युत पुग्ला भन्ने कल्पनासमेत नगरेका बृद्धहरू अहिले खुशीले हर्षित मात्रै छैनन् बत्तिको उज्यालो देखेर दङ्ग परेका छन् ।
विद्युत् पुगेपछि रातीमा बाहिरभित्र गर्न निकै सहज भएको छ भने विद्यार्थीलाई अध्ययनमा ठूलो राहत मिलेको छ ।
हट्यो दल्ली जानुपर्ने समस्या
लहँ गाउँमा बत्ति नहुँदा सामान्य कामको लागि नागरिकहरूलाई दल्ली जानुपर्ने बाध्यता थियो ।
बत्ति नहुँदा वडा कार्यालय र विद्यालयको कामका लागि पनि दल्लीमा जानुपथ्र्याे ।
तर विद्युत पुगेसँगै यो समस्या अन्त्य भएको छ । विद्यत्लाईन विस्तार भएसंगै नागरिकले वडा कार्यालयबाट छिटो छरितो काम पाएको स्थानीय कर्णबहादुर टमटाले बताए ।
‘विद्युत् नहुँदा सानोतिनो कामका लागि दल्ली नै जानुपर्ने बाध्यता थियो’ कर्णले भने, ‘गाउँमा बत्ति आएपछि यो समस्या आएपछि हटेको छ ।’
अब विद्युत अभावमा रोकिने सबै सेवाहरू गाउँमै पाएपछि स्थानीय दंग छन् । भेरीमालिका दैनिकबाट साभार
राराखबर । २०७९, १९ पुष मंगलवार