बारेकोटका पहिरो पीडितलाई खानेपानीको असुविधा

बद्री पन्त
जाजरकोट
गत असार २५ गते गएको बाढीपहिरोले जाजरकोटको दुर्गम बारेकोट गाउँपालिकामा खानेपानी आयोजना अबरुद्ध बनाएको छ ।
खानेपानी अबरुद्ध भएपछि बारेकोटका २ हजार घर परिवार शुद्ध खानेपानीको सुविधाबाट बन्चित भएका छन् ।
बारेकोट ४ को सार्कीटोल, जिरी, तल्लो जिरी, तलकोट, गोठगाउँ, ५ को तोलखाना, कालाखोली, भैलोखाना,, ६ को धुमा, घर्तीगाउँ, ताँसी, ७ को स्याला, सुवाकोट, लुहाग, १ को धौलाकोट, कोट्ली, तल्लो सिर्पाचौर, तलिआगर लगाएत वडाका बस्तीमा खानेपानीको चरम अभाव भएको छ ।


पहिरोको कारण दर्जनौ खानेपानी आयोजना बन्द भएका छन । गाउँमा आपुर्ती हुदै आएका खानेपानी पहिरोले क्षेती पुर्याएपछि स्थानीयबासीन्दा बर्खाको खोलामा बग्ने धमिलो पानी पिउन बाध्य भएको बारेकोट ४ का भक्तबहादुर संिहले बताए ।
शुद्ध पिउने पानी अभावमा स्थानीय बासिन्दा झाडापखाला, आउ, जुका लगाएत रोगको जोखिम बढेको छ ।
पहिरोले खानेपानीका पाएप, ट्याङकी बगाएर लगेपछि खानेपानीको समस्या भएको पहिरो पिडितको गुनासो छ ।
विस्थापित बसेको स्थानमा समेत खानेपानीको व्यवस्थापन हुन सकेको छैन । उनीहरु खोला, कुवा, नाउलाको दुषित पानी प्रयोग गर्न बाध्य कालाखोलीकी विस्थापित बेलु नेपानीको भनाइ छ ।
पहिरोले खानेपानी अबरुद्ध बनाएपछि ४ मा ५ सय घर, ५ मा ४ सय १० घर, ६ मा ३ सय ५० घर, ७ मा ६ सय घर, १ मा २ सय घरका २ हजार घर परिवार खानेपानी सुविधाबाट बन्चित भएका छन ।
तत्कालै खानेपानी आयोजना मर्मत तथा निर्माण गर्न सकिने अबस्था नै छैन । यसका लागि अल्पकालिन र दिर्घकालिन व्यवस्था गरेर खानेपानी सन्चालनमा ल्याइने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।
बारेकोट गाउँपालिकामा गएको बाढीपहिरोले करिब ३५ करोड रुपैयाँको क्षति पु¥याएको छ । बारेकोटमा पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् ।


गाउँपालिकाका अनुसार पहिरोमा ३ जना घाइते भए भने ६० घर पूर्णरुपमा भत्किएका छन् ।
३ सय ३४ परिवारका ८ सय जना विस्थापित भएर गोठ, विद्यालय र सार्वजनिक ठाउँमा बसिरहेका छन ।
वडा नम्बर ४, ५, ६, ७ र १ मा बढी क्षति भएको छ । पहिरोले पु¥याएको क्षतिको मुचुल्का उठाने काम भइ रहेका छ । अधिकांश गाउँमा हिँडडुल गर्ने बाटो छैन ।
विद्युत्, खानेपानी र सिँचाइ कुला, सडक पहिरोकै कारण अवरुद्ध भएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया