कर्णाली प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले गाउँमै पुगेर किसानलाई योजनाको रकम हस्तान्त्रण गरेकी छन् ।
सुर्खेतको चौकुने गाउँपालिका–८ भाम्ले गाउँको सहकारी नमुना गाउँ कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षका सबै योजना सम्पन्न भएपछि सोमबार मन्त्रीले लाभान्वित समुदायलाई योजनाको चेक हस्तान्त्रण गरेकी हुन् ।

चौकुनेको भामले गाउँमा लाभान्वित १४ घरधुरीमा तरकारी टनेलनिर्माण कार्य सकिएपछि मन्त्रीले स्थलगत अनुगममन गर्दै समुदायलाई ४५ लाख रुपैयाको चेक हस्तान्त्रण गरेकी छन् ।
पाँच वटा सहकारीले मिलेर सहकारी नमुना गाउँ कार्यक्रम अन्तर्गत तरकारी व्यवसाय थालेका छन् ।

मन्त्री केसीले चौकुने–५ मा मायातालको डीप बोरिङ्घको २४ लाखको चेक पनि समुदायलाई हस्तान्त्ररण गरेकी छन् ।
कार्यक्रममा मन्त्री केसीले समाजबाद निर्माणको मोडल तयार गर्न सहकारी नमुना गाउँ कार्यक्रम सुरु गरिएको बताइन् ।

नमुना सहकारी गाउँबाट कृषि उत्पादन बृद्धि भएर किसानको जीवनस्तरमा सुधार आउने अपेक्षा उनले गरेकी छन् ।
कृषि विकास निर्देशक चित्रबहादुर रोकायले टनेल मार्फत बाहै महिना आम्दानी लिने गरी कृषकलाई तरकारी व्यवसाय गर्न सहयोग गरेको बताए ।
उनले व्यवसायिक रुपमा कृषि गरे रोजगारीको लागि बाहिर जानु पर्ने पनि उल्लेख गरे ।

यस्तै चौकुने गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले सहकारी नमुना गाउँ बनाउन गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सहकारी नमुना गाउँ कार्यक्रम सञ्चालक समिति अध्यक्ष हिमलाल कँडेलले विपन्न किसानको जीवनस्तर उकास्न कार्यक्रमले सहयोग गर्ने उल्लेख गरे ।

मन्त्रीसहितको अनुगमन टोलीले पश्चिम सुर्खेतका विभिन्न ठाउँमा प्रदेश सभा सदस्य विन्दमान विष्टको सासद विकास कोषबाट संचालन भएका योजनाहरुको अनुगमन गरेको कृषि विकास निर्देशनालयका योजना अधिकृत यामबहादुर रानाले बताए ।
राराखबर । २०७७, २० श्रावण मंगलवार