वैदिक सनातन हिन्दु धर्म दैविय सन्देश

नेपालः– आर्यब्रत क्षेत्रमा रहेको नेपाल अति शुद्ध, पवित्र र सुन्दर ऋषि, महर्षि, देवर्षिहरुको तपस्थली र भगवानको जन्मभूमी हो । यो विश्वको पावन भूमी हो । यहाका प्राणीहरु हामी सबै परमात्माको निगरानीमा छौ । यो बुझ्न अति आवश्यक छ । यहा परम्परा देखि वैदिक धर्म संंस्कारको पालना गरिदै आएको कुरा इतिहास साक्षी छ । नगरे आफैमा अफाप सिद्धहुनेमा दुईमत छैन । यहा सदा यहि धर्मसंस्कार चलिरहने छ र चल्नुपर्दछ । यो विश्वको उत्तराखण्डमा अवस्थित यस  क्षेत्रलाई  भरतखण्ड पनि भनिएको छ ।
यो उत्तरमा हिमाल,दक्षिणमा हिन्दमहासागर सम्म फैलिएको यस भूमीलाई सृष्टिकालमै देवताहरुले कर्मभूमिका रुपमा सृष्टि गरेका हुन् । यो स्वयंं देवताद्वारा निर्मित भएको हो । मनु ।।२।।१९।।
आर्यब्रत देशमा निवाश गर्ने ब्राम्हण, क्षेत्री, बैश्य, शुद्र एवं वर्णशंकरहरुले परम्पराद्वारा अपनाइएका आचारहरु अति बैज्ञानिक छन । यि आचारहरु पालना गर्न योग्य छन । जो सदा चलिआयो । मनु ।।२।।१९।।
विश्वमा सबैभन्दा पवित्र आर्यब्रत देश हो । यस देशमा बस्ने ब्राम्हण हरुको जिवन बैदिक शिक्षा एवं आदर्शरुप हुन्छ । यस कारण उनको आचरण विश्वले अनुकरण गर्न योग्य छ । विश्वमा अनुकरणीय भएको हुदा द्धिजहरु सदा आचारवान रहन अत्यन्त आवश्यक छ । किनकी वेद धर्मका मर्यादापालक र विश्वलाई कुशल शिक्षा दिने ऋषिमुनी हुन । द्विज । जो सिसिमुनी बसेर ऋषिमुनी बनेका छन् ती हुन् असुर । यिनीले आफु दुःख भोग्छन् र अरुलाई पनि दुःख भोगाउ“छन् । मनु ।।२।।२१।।२२।।
आर्यव्रत क्षेत्रलाई देव एवं कर्मभूमि र समुन्द्रपारिका देशलाई भोगभूमि भनिएको छ । यस देवभूमिमा गरिएका शुभाशुभ कर्मको फल भोग्न बाध्य हुनुपर्दछ । यो लोकमा वा परलोकमा भोग्ने कुरा निश्चित हो । यस क्षेत्रभित्रको शासन सत्ता संचालन गर्दा परमात्माको धार्मिक सम्बिधान वेदमार्गलाई मध्यनजर गरि संचालन गर्नुपर्ने धार्मिक विधान र परम्परा चलिआएको छ । यो परम्परा अकाट्य हो । मानिसले बनाएका विधान परिवर्तन हुनसक्छन तर परमात्माको संविधान वेदमार्ग परिवर्तन हुन सक्दैन यो अकाट्य हो । यो मार्गलाई परिवर्तन गर्नखोज्नु र, गर्नु आफैमा संकट एवं काललाई निम्त्याउनु हो । किनकि जिवात्मा प्रकृतिको अधिनमा, प्रकृति परमात्मको अधिनमा जिवात्मा र प्रकृति परमात्माको नियन्त्रणमा छ । हामी स्वतन्त्र छैनौं, यसै कारण वैदिक दर्शनको मर्म अनुसार नेपालको राज्य ब्यवस्था संचालन हुन अत्यन्त आवश्यक छ र हुनुपर्दछ । यसबाट सबैको कल्याण हुने कुरामा दुईमत छैन । मनु ।।७।।८१।।

वेदः– विश्व ब्रमाण्डको धार्मिक सम्बिधान हो वेद । वेदमार्गलाई वैदिक सनातन धर्म भनिएको छ । वेद विश्व ब्रमाण्डलाई संचालन गर्न भगवानका हृदयबाट स्वासद्वारा प्रकट भएको भगवानकै स्वरुप हो । वेद, गिता, भागवतका बचनहरु भगवानकै अकाट्य वाणी हुन । परमात्माको उपदेशलाई पालन गर्नाले विश्वकै कल्याण हुन्छ र हुनेछ । यदि पालन नगरे प्रकृतिद्वारा दैवीय दण्ड भोग्नुपर्दछ । त्यसैकारण भगवान श्रीकृष्ण सर्वव्यापक अनन्त कोटी ब्रह्माण्डका योजनाकार सबैका मालिक, सबैका गुरु, सर्वदुःखनाशक भएको हुनाले भगवान श्रीकृष्णको स्मरण र भक्तिले सबैको कल्याण हुन्छ । गिता १०अ।।२०।।

वैदिक संस्कार – ब्राम्हण, क्षेत्रीय, वैश्य, आदिको शरिर पवित्रका लागि वैदिक विधानले गर्भाधान, जातकर्म, नामाकरण, आदि सबै संस्कारहरु अनिवार्य गर्नुपर्दछ । आचार र संस्कार नै धर्म हो । जसले शरिर, मन बुद्धि र आत्मालाई उत्तम बनाउछ त्यसैलाई संस्कार भन्दछन । मनु २।।२८।।

मणिराम सुवेदी

वैदिक संस्कार कर्म – गर्भाधान, पुंसवन, सिमन्तोन्नयन, जातकर्म, नामाकरण, अन्नप्रसान, निष्क्रमण, चुडाकर्म, कर्णवेध, उपनयन, वेदविद्यारम्भ,समावर्तन, विवाह, वानाप्रस्त, सन्यास, अन्त्यष्टि आदि यि १६ संस्कारहरु हुन । यि संस्कारहरु वैदिक विधिद्वारा गरिन्छ । यि संस्कार कर्म गर्नाले सबैको कल्याण हुन्छ र हुनेछ । मानव शरीरको रचना स्त्रीको रज र पुरुषको बिजद्वारा उत्पन्न भएका दोषहरु गर्भशुद्धिकारक हवन, चुडाकर्म,यज्ञोपवित संस्कार कर्मले नष्ट गर्दछ । मनु ।।२।।२९।।

संस्कारीत बालबालिकाहरु भविष्यमा धार्मिक, ज्ञानि, विवेकशिल, मर्यादापालक, पितृभक्त, देशभक्त सन्तहरुको मर्यादा गर्ने आदि भविष्यका कुशल नागरिक बन्दछन यो वैदिक धर्मसंस्कारको चमत्कार र विशेषता हो । तर संस्कार नभएका बालबालिकाहरु भविष्यमा तमोगुणी, क्रुर् स्वभाव भएका, ज्ञान विवेक रहित, नास्तिक, देशद्रोही, गौब्राम्हण सन्तका निन्दक आदि स्वभाव वाला बन्दछन । यसैकारण वैदिक शिक्षा र संस्कारको ठुलो महत्व छ । यस संस्कारमा बहुमुल्य गुणहरु लुकेका छन । वैदिक धर्मको संसारमा ठुलो भूमीका छ । नेपालको प्रमुख धर्म वैदिक सनातन धर्म हो यो विश्वको कल्याणकारी मार्ग हो । वेदमार्ग वैदिक सनातन धर्म सृष्टिकाल देखी सुरु भएको हो । अहिले एक अर्ब पन्चानब्बे करोड बर्ष भयो । यो विश्वको सर्वश्रेष्ठ धर्म हो । यसका संस्कार आचरणहरु पालन गर्नाले सम्पूर्ण प्रँणी जातिकै कल्याण हुन्छ । वैदिक धर्म विश्व धर्मको छाता हो । मनु ।। ११।२४६।।

नारी – नारीहरुको महत्व ठुलो छ । यो जिवजगत् सृष्टिनै नारीबाट प्रकट भएको हो । नारीहरुले आफ्ना सन्तानलाई धर्मपालक र पुरुषहरुलाई उत्तम गति प्रँप्त गराउन सक्ने क्षमता नारीहरुमा रहेको छ । नारी धर्मको विषयमा वैदिक शास्त्र लक्ष्मी धर्म र देवी भागवतमा उल्लेख गरिएको छ । जुन घरमा नारीहरुको इज्जत र सम्मान हुन्छ त्यो घर स्वर्गतुल्य हुन्छ । नारीहरु साक्षात देवीकै अंश हुन् । नारीहरुमा लक्ष्मी, सिता, सरस्वती, अनुसुइया, जस्ता महान नारीहरुको जस्तो गुण र स्वभावको विकास हुनुपर्दछ । भनिएको छ, एउटा पुरुष बिग्रेमा एउटा हिरा बिग्रिन्छ तर एउटा नारी बिग्रेमा हिराको खानी नै बिग्रन्छ । यस कारण नारीको महत्व ठुलो छ ।

वैदिक धर्म शास्त्रले नारीहरुलाई प्रतिबन्ध पनि लगाएको छ । किशोरी अवस्थामा माता पिताको अधिन, विवाह भएपछि पतिको अधिन, पति नभएको अवस्थामा आफ्नो आचार मर्यादालाई पालना गरी छोराको अधिनमा रहनुपर्ने विधान छ । यस नियमको पालना गर्न अत्यन्त आवश्यक छ । नारीहरुले पनि विवाह पहिले गुरुकुलमा रहेर विद्या अध्ययन गर्न र विहान बेलुका होम गर्ने अधिकार छ । स्त्रीलाई पनि पुरुष सरह १६ संस्कार कर्म गर्नुपर्दछ । जुन घरमा नारीको इज्जत र सम्मान हुन्न त्यो घर होइन स्मसानघाट हो । किनकी त्यो घरमा देवताको बास हुन्न । भुत प्रेतहरुको बास हुन्छ । नारीहरु धर्म मर्यादामा रहनाले राष्ट्रकै कल्याण हुन्छ । मनु ।।२।।६९।।७०।।

उपनयन संस्कार– वैदिक धर्ममा उपनयन (व्रतवन्ध) संस्कारको ठुलो महत्व छ । उपनयन संस्कार नगरिकन गरिएका शुभकर्महरु निष्फल हुन्छन । ब्राम्हण, बालकलाई ८ बर्षमा क्षेत्रिय बालकलाई ११ बर्षमा, वैश्य बालकलाई १२ बर्षमा यज्ञोपवित संस्कार कर्म गर्ने विधान छ । यो अनिवार्य गर्नुपर्दछ । यदि क्रमश, १६,२२,२४ बर्ष सम्म यज्ञोपवित कर्म नगरे तिनिहरुको गायत्रि जपको अधिकार हराउछ । गायत्रीमन्त्र जपले मन, वचन, बुद्धि पवित्र, आरोग्य र अन्त्यमा उत्तम गति दिलाउछ । गायत्रि मन्त्र प्राप्त गरिसकेपछि गायत्री नजपे मतवाला समान हुन्छ । सन्त समाजमा निन्दाको पात्र बन्दछ । अन्तमा गति बिग्रिन्छ । उपनयन संस्कार कर्म कुशल, ब्राम्हण गुरुबाट गराउनु पर्दछ । मनु ।।२।।२९।।

पूजापाठ – वैदिक ग्रन्थको अध्ययन,सत्य बोलाई,ब्रत, पूजा, पाठ र यज्ञ गर्नाले शरीर ब्रम्ह प्राप्तीका लागि योग्य हुन्छ । केवल वैदिक कर्म संस्कारद्वारा नै परमात्मा प्राप्तीको सरल उपाय हो । बैदिक संस्कारमा पूजापाठ, सन्ध्या बन्धन कर्मको ठुलो महत्व छ । उपनयन संस्कार कर्म नगरिकन वेदाध्यन तथा शुभ कर्म हरु गर्न निषेध छ । गरे निष्फल हुन्छ । वेदपाठको अधिकार भएका द्विजातीहरुले दैनिक विहान बेलुका सन्ध्याबन्धन कर्म अनिवार्य गर्नुपर्दछ । गर्दैनन् भने साधु समाजमा ति निन्दकका पात्र बन्दछन । उपनयन संस्कार कर्म गरेपछि मात्र पूजापाठ, जप, तिर्थ,ब्रत, यज्ञ, दान, पुण्य, पितृकर्म आदि सत्कर्महरु गर्ने अधिकार प्राप्त हुन्छ । भगवानको पुजापाठको महत्व ठुलो छ ।

वैदिक कर्मको महत्व – आर्यब्रत क्षेत्रको उत्तराखण्डमा रहेको पवित्र र सुन्दर यो मेरो देश विश्वको रिमोट यन्त्र हो नेपाल । किनकि यहा गरिएका शुभाशुभ कर्मले विश्वलाई प्रभाव पार्दछ । यसैकारण रिमोट भनिएको हो । नेपालमा वैदिक विधिले गरिने यज्ञद्वारा प्रकट भएको धुवा वैज्ञानिक तत्वले युक्त र अति शक्तिशाली हुन्छ । यो धुवाले वायुमण्डललाई शुद्ध गरिदिन्छ । वायुमण्डलको धुवा जुन देशमा पुग्छ त्यहाको वायुमण्डललाई शुद्ध गरिदिन्छ । यसले सुर्यका किरणद्वारा प्राणीहरुमा पर्ने असरलाई पनि नियन्त्रण गरिदिन्छ । यति मात्र होइन यज्ञद्वारा प्रकट भएको धुवामा बर्षा गराउने आकर्षण शक्ति हुन्छ । यो वैदिक सनातन हिन्दु धर्मको अद्भूत शक्ति हो । यो धर्मको विधिले विश्वको कल्याण हुन्छ । यस्तो शक्तिशाली धर्मलाई नेपालले धर्मनिरपेक्ष देश घोषणा गर्नु नेपाल र नेपालीहरुको ठुलो दुर्भाग्य हो । नेपालमा वैदिक कर्म रोकिनाले विश्वमै क्षती हुन्छ । नेपालमा वैदिक यज्ञ,यज्ञादी धेरै चल्नाले देशमा समय अनुकुल र प्राकृतिक प्रकोपहरु शान्त हुन्छन । यसै विषयलाई भगवान श्रीकृष्णले गिता जि मा आज्ञा भएको छ ।
जन्मछन अन्नले प्राणी अन्न उम्रन्छ वृष्टिले ।
यज्ञले वृष्टि बर्षन्छ यज्ञ चल्दछ कर्मले । गिता।।३।।१४।।
वैदिक गतिविधिमा वेदधर्मको ठुलो महत्व र प्रभाव छ । विश्वकै हितका लागि पनि नेपालमा वैदिक धर्मकर्म र संस्कारको पालना हुन अत्यन्तै आवश्यक छ । यस विषयमा नेपाल सरकारको ध्यान जान आवश्यक छ । यो जटिल विषय हो हेलचक्र्याईले भविष्यमा पछुताउनुपर्नेछ । वैदिक धर्म ज्ञान विज्ञानको अथाह सागर हो धर्मको मुल वेद हो । यसको संरक्षक स्वयं भगवान हुनुहुन्छ । भगवानले संरक्षण गरिएको वैदिक धर्म नेपाल राष्ट्रको मूल धर्म हो । यो धर्मले संकटमा देशलाई बचाउँछ तर यो धर्मको आचरण नेपालीहरुले पालना गर्नुपर्दछ । नगरे नेपालमा ठुलो संकट भित्रिने कुरामा दुईमत छैन । वि.स.।।२८।।

लेखक सुवेदीले बनाएको श्री लक्ष्मी नारायणको मन्दिर

प्रकृति – प्रकृति भनेको जल, तेज, वायु, आकाश र पृथ्वी हुन् । यि सबै परमात्माका शक्ति हुन्, नेपाल देव एवं कर्मभूमी एको हुनाले यस भूमीमा सदा सत्कर्मनै हुनुपर्ने यो भूमीको विशेषता छ । सत्कर्मको स्रोत केवल वेदमार्गमात्र हो । जव वेदमार्गमा वाधा सृजना हुन्छ तब प्रकृतिद्वारा मनुष्यलाई परमात्माले दण्ड दिनुहुन्छ । भगवानले सबै प्राणीलाई मा“या गर्नुहुन्छ । भगवान प्राणीका हृदयमा साक्षी रुपले विराजमान हुनुहुन्छ । जब नेपालीहरुले धार्मिक सम्बिधान वेदमार्गको उल्लंघन गर्दछन तब भगवानले प्रकृतिद्वारा सजाय दिनुहुन्छ । विधिनिषेध कर्मको फल भोगाउनुहुन्छ ।

सजाय – अति गर्मि, अति ठण्डी , अति वृष्टि, अनावृष्टि , भुकम्प, आधी , तुफान, बाढि ,पहिरो , महामारी , अति हिमपात, बज्रपात, दुर्घटना आदि सबै दैविय संकटहरु हुन् । वेदबिरुद्ध कर्म गर्नु भगवानलाई जिस्काउनु हो । वैदिक आचरणको पालाना गर्नाले यि सबै दैविय संकट शान्त हुदै जानेछन । यसमा दुईमत छैन । आज विश्वमा फैलिएको कोरोना भाइरस विश्वलाई चेतावनीको रुपमा यो दैविय दण्ड हो । जुन धर्मले विश्वकै कल्याण गर्दछ, जुन भूमीको स्पर्शले विश्वको कल्याण हुन्छ आज त्यहि धर्मलाई धर्मनिरपेक्ष्ँ र त्यहि पुण्य भूमीको अपमान भएको छ । जव सम्म नेपाल धर्मसापेक्ष देशकारुपमा स्थापित हुदैन तबसम्म दैविय संकट र प्रकोपहरु नेपाल लगायत विश्वमै शान्तहुने छैनन । शिरको ब्यथालाई पैतालामा औषधि गरेर निको हुन्छ त ? यसकारण तुरुन्त नेपाललाई वैदिक सनातन धर्मसापेक्ष देश घोषणा गर्नुपर्दछ । नेपाल धर्मक्षेत्र भएको हुदा यहाका गलत कर्मले विश्वलाई समेत असर पार्दछ । आज देशको दुर्दशा यहि कारण हो । दैव केवल श्रध्द्धा ,भक्ति र प्रेमले प्रशन्न हुने वस्तु हो । घमण्ड र अश्रद्धाले होइन । नेपालमा आइपरेका जे जति विपत्तीहरु छन् वैदिक धर्मको अपमानको कारण हो । यी सबै दैविय दण्ड
हुन् ।

बच्ने उपायहरु – प्राकृतिक संकट तथा दैविय प्रकोपबाट बच्ने उपायहरु यसप्रकार छन । यि रामवाण हुन
१) नेपाललाई तत्काल पूनः वैदिक सनातन धर्मसापेक्ष्ँ देश घोषणा गरिनुपर्छ । देशमा वैदिक धर्म कर्म र संस्कारको प्रचार विदेशि धर्म प्रचारमा तत्काल रोक र वैदिक धर्म आचरणको पालन सबैले गर्नुपर्दछ ।
२) वैदिक दर्शन गिता, भागवत, अध्ययन अभ्यास, वैदिक यज्ञहरु देशब्यापी रुपमा चल्नुपर्दछ ।
३) नेपालमा तत्कालदेखि हत्या हिंसा र पशुबली बन्द गर्नुपर्दछ ।
४) नेपालमा प्रारम्भिक तहदेखि उच्च शिक्षा सम्म लागु हुनेगरि सस्कृत शिक्षा पाठ्यक्रममा समावेश गरिनुपर्दछ ।
५) देशमा निस्वार्थ, निष्पक्ष, तवरले तिव्रगतिमा विकास हुनुपर्दछ ।
६) गौमाता – गाईहरु राष्ट्रका लक्षीन हुन । देश संरक्षणमा यिनको ठुलो भूमीका छ । यिनको संरक्षण गर्नाले देशको प्रगति हुनेछ । दैविय संकटहरु शान्त हुनेछन । गाई को अनादर भएमा देशमा विपत्तिले बास गर्नेछ र गरेको पनि छ । प्रत्येक प्रदेशमा गाईलाई गौशालाको ब्यवस्था हुनुपर्दछ । यो ठुलो पुण्य कर्म हो । यस कुरामा नेपाल सरकारको गम्भिर ध्यानाकर्षण
हुनुपर्दछ । यो हेलचक्रयाईको विषय होइन । नेपालमा गाईको ठूलो मर्यादा हुनुपर्दछ ।
७) नेपाल देवभूमी धर्मक्षेत्र भएको हुदा नेपाललाई सबै मित्रदेशहरुले सहयोग गर्नुपर्दछ । सहयोग गर्ने देशहरुको कल्याण हुनेछ । जब नेपाललाई बिगार्ने हिसाबले जालझेल, षडयन्त्र, गर्ने प्रयास गर्ने देशहरुलाई भगवान श्री पशुपतिनाथले महामारी आदिको रुपमा कडा भन्दा कडा दण्ड दिनुहुनेछ । वर्तमान कालको कोरोना नेपालकै कारणले सबैको विनाशको लागि निरन्तर बढिरहेको छ । नेपाल वैदिक धर्मसम्वत् तरिकाले अगाडि बढेमा यी दैविय प्रकोपहरु शान्त हुदै जानेछन । नेपालको शासन सत्ता सञ्चालन गर्ने राष्ट्र प्रमुखले वैदिक धर्मका आधारमा देशलाई सञ्चालन गर्नुपर्दछ । तब मात्र नेपालमा शान्ति, सुशासन कायम हुनेछ । अन्यथा नेपालको गतिविधिमा सुधार हुनेछैन ।

(बीरेन्द्रनगर नगरपालिका -११, गाग्रोताल सुर्खेत निवासी उहाँ स्व. प्रभु गंगा प्रसाद सुवेदीका भाई हुनुहुन्छ )




फेसबुकबाट तपाईको प्रतिक्रिया