सत्ताको चरम दुरुपयोग भयो- निलम्बित रजिष्ट्रार मल्ल

सुर्खेत, ११ श्रावन ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निलम्बित रजिष्ट्रार महेन्द्रकुमार मल्लले उपकुलपतिले गरेको नियुक्ति विश्वविद्यालयको ऐन नियम विपरीत भएको बताएका छन् ।
शनिवार बीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी उनले उपकुलपतिले २०७५ असोजमा गरेको परीक्षा व्यवस्थापन प्रमुख, क्याम्पस प्रमुख, कार्यक्रम निर्देशक, परीक्षा सह व्यवस्थापक प्रमुखको नियुक्ति विधि विधान विपरीत भएको बताए ।
योग्यता, क्षमता र योगदानको आधारमा भन्दा पनि राजनीतिक नियुक्ति भएको बताए । आठ महिनादेखि निमित्तको भरमा चलेको, शैक्षिक प्राज्ञागिक संस्था अस्तव्यस्त रहेको, प्रशासनिक काममा स्वतन्त्रता र व्यवस्थित नभएको, पूर्वाधार विकासका काम ठप्प भएको, सरोकारवालाहरूसँग समन्वय सहकार्य नभएको मल्लले बताए ।


राजनैतिक आडमा विश्वविद्यालयलाई वन्दी बनाइयो उनले भने, ‘विधी र विधान अनुसार विश्वविद्यालय चलाउनु पर्ने तर राजनितिक दम्भका आडमा अराजक गतिविधि संचालन भैरहेका छन् ।
ऐन, नियम विनानै कार्यकारी वैठकवाट विभिन्न निर्णयहरु भएका छन् । उनले भने , ऐन , नियम भन्दा माथि कोही पनि हुनै सक्दैन् । रजिष्ट्रार प्रकरणमा नियमित सभामा पेश होला भनेर असार र साउन सम्म कुरेपनि सभामा प्रवेशनै नगरार्ईनु दुखद भएको मल्लको भनाई रहेको छ । उनले राज्यसत्ताको चरम दुरुपयोग गरेर विश्वविद्यालय संचालन भैइरहेकोले यसवाट विश्वविद्यालयको गरिमा र अस्तित्व वचाउन अव कर्णालीबासी अवस्था आएको वताए ।
प्त्रकार सम्मेलनमा सहभागी प्राध्यापक मञ्च नेपाल मध्यपश्चिमाञ्चल विश्वविद्यालयका संयोजक प्रचण्डकुमार पोखरेलले विधि पद्धतिअनुसार काम नहुँदा शिक्षामा गुणस्तरता घट्दै गएको बताए । उनले व्यक्तिको मनोमानीले बेथिति बढेको आरोप लगाए ।
पत्रकार सम्मेलनमा प्रजातान्त्रिकवादी प्राध्यापक संघ, प्राध्यापक समाज, नेपाल लोकतान्त्रिक प्राध्यापक संघ र प्राध्यापक मञ्च नेपालका अध्यक्षसहितका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया