खानेपानी तथा सरसफाई सन्देश

सुर्खेत उपत्यका खानेपाानी उपभोक्ता संस्थाद्वारा जनहितका लागि जारी खानेपानी तथा सरसफाई सन्देश
संस्थाद्वारा सुर्खेत उपत्यकामा वितरण गरिएको खानेपानी, पानीप्रशोधन प्रणालि (मिक्सीङ्ग वेसीन, सेडीमेन्टेसन, रफिनिङ्ग, स्लो स्याण्ड फिल्टर) वाट फिल्टर गरि १० वटा सेवाक्षेत्रमा रहेका पानी टंकीहरुवाट पानी वितरण गर्नु भन्दा अगाडी अनिवार्यरुपमा तोकिएको मापदण्ड बमोजिवम ल्विचिङ्ग पाउडर घोलेर नेपाल गुणस्तर अनुसारको पानी वितरण गर्ने व्यवस्था मिलाईएको छ । संस्थाले शुद्धपानी वितरणका लागी यसरी सवै खालका सतर्कता अपनाउँदा अपनाउँदै पनि पाईपलाईनको लिकेज र संवन्धित उपभोक्ताको असावधानीका कारण पानी प्रदूषितभइ झाडा पखाला लगायत विभिन्न पानी जन्य सरुवा रोग फैलिन सक्छ । त्यसैले यस्ता पानीजन्य रोगहरुवाट बच्न निम्न सतर्कता अपनाउन हामी सवैमा अपिल गर्दछौ ।
 खानेपानी घरेलु विधिवाट (उमालेर, फिल्टर गरेर, सोडिस, पिउस, वाटर गार्ड, ब्लिचीङ्ग प्रयोग गरेर) शुद्धिकरण गरेर मात्र पिउनु पर्छ
 उमालिसकेको पानीलाई पुनः प्रदुषित हुन नदिन छोपेर राख्नुपर्छ ।
 स्थानीय स्तरमा प्रयोगमा आएका खानेपानीका मुहान, कुवा, इनार, ढुंगेधारा सफा राखौ । मुहानमा फोहर वस्तु मिसिन नदिऔं
 घरमा पानी राख्ने भाँडा सफा राखौं र पिउने पानी सधै छोपेर राखौं ।
 घर ,आँगन, चोक र चर्पि सफा राखौं ।
 बासि तथा सडेगलेका खाने कुरा नखाऔं ।
 जोखिमपूर्ण अबस्थामा अनिवार्य रुपमा साबुन पानीले राम्रोसंग हात धुनु पर्छ ,( खाना खानु अघि,बच्चालाई खाना खुवाउनु अघि, खाना पकाउनु वा पस्कनु अघि, दिसा धोइसकेपछि,बच्चाको दिसा धोइदिएपछि, फोहर छोएपछि)
क्लोरिनेशन
पानीमा पीयूष, वाटर गार्ड, अक्वाट्याब, ब्लिचिङ्ग पाउडर राखी क्लोरिनेशन गर्न सकिन्छ ।
क्लोरिनको झोल बनाउने विधि (ब्लिचिङ्ग पाउडर)
 प्लाष्टिकको मगमा ४० ग्राम (५ चिया चम्चा) ब्लिचीङ्ग पाउडर लिने र अलिकति पानी हालेर लेदो बनाउने
 यसरी बनिसकेको लेदोमा १ लिटर पानी थपी राम्ररी चलाउने
 यसरी बनाइसकेको ब्लिचीङ्ग पाउडरको घोललाई नचलाइकन पाँच मिनेटसम्म थिग्राउने
 थिग्रिएको भागलाई नहल्लाइकन माथिल्लो सफा घोललाई कुनै एउटा प्लाष्टिकको भाँडामा खन्याई बिर्को लगाई राख्ने र आवश्यकता अनुसार प्रयोग गर्ने ।
क्लोरिनको झोल प्रयोग गर्ने विधि
 एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल राख्नुपर्छ ।
 पीयूषः १० लिटर पानीमा बिर्कोको तल्लो धर्को र १५ लिटर पानीमा बिर्कोको माथिल्लो धर्कोसम्म क्लोरिन झोल राखेर चलाउनुपर्छ ।
 अक्वाट्याब ः ५ लिटर पानीमा एक चक्की अक्वाट्याब राख्नुपर्छ वा लेखिएको निर्देशन बमोजिम प्रयोग गर्ने ।
 १ चिया गिलास (१०० मि.लि.) क्लोरिनको झोलले १००० लिटर पानीलाई शुद्ध बनाउन सकिन्छ
 एक लिटर क्लोरिनको झोलले १० हजार लिटर पानीलाई शुद्ध बनाउन सकिन्छ
 क्लोरिनको झोल पानीमा राखेको ३० मिनेट पछि मात्र प्रयोग गर्नुपर्छ ।
खानेपानीको मूख्य वितरण पाईपलाईन एवं व्यक्तिगत पाईपलाईनको चुुहावटले पानी प्रदूषित हुन सक्दछ । यसले सेवाको नियमितता, निरन्तरता र शुद्धतामा समेत असर पर्दछ । लाईनमा सिधै मोटर लगाउने, पाईप लाईनवाट मिटर निकाल्ने, मिटर पछाडिवाट टि लगाउने वा पाईप फुत्कायर पानी प्रयोग गर्ने कार्य गैरकानूनी कार्य हुन यस्तो कार्य कहि कतै फेला परेमा वा लाईनमा पानी चुहावट भएको देखिएमा कार्यालयको फोन नं ०८३–५२०४२८, ५२१८४७ मा खवर गरि चुहावट तथा चोरी नियन्त्रणमा सहयोग गरिदिनु हुन अनुरोध छ । साथै खानेपानीका मुहानहरुभन्दा माथिवाट भएका बाटो निर्माणकार्यले बर्षातको समयमा पानी बढी धमिलोभई पानी प्रशोधन केन्द्रमा हाल्न नमिल्ने हुँदा नियमित पानी वितरणमा पर्न गएको असुविधा प्रति संस्था क्षमाप्रार्थी छ ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था
                                                                                                                                         वीरेन्द्रनगर, सुर्खेत ।




फेसबुकबाट तपाईको प्रतिक्रिया