
सुर्खेत । वीरेन्द्रनगर-१ मा रहेको त्रिपुरेश्वर माध्यामिक विद्यालयका विद्यार्थीहरू, अभिभावक, वडाका प्रतिनिधित्व लगायतले लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको अनुगमन गरेका छन् ।
बुधवार सोसेक नेपालको आयोजनामा सशक्त महिला समृद्द नेपाल कार्यक्रम अन्तगत त्रिपुरेश्वर माध्यामिक विद्यालयका विद्यार्थीहरू, अभिभावक, वडाका प्रतिनिधित्व सहितलाई प्रदेश अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा पुगेर स्थलगत जानकारी विद्यार्थीहरूले लिएका हुन् ।

एकद्वार संकट व्यवस्थापन केन्द्र मार्फत हिंसा सम्बन्धी पीडित वा प्रभावित व्यक्तिहरूलाई स्वास्थ्य उपचार मनोपरामर्श/कानुनी परामर्श सेवा र सुरक्षित आवास गृह लगायत अन्य आवश्यक सेवाहरू नि:शुल्क प्रदान गर्दै आएको एकद्वार संकट व्यवस्थापन केन्द्र अस्पतालकी कल्पना थापाले जानकारी दिइन्। यस्तौ आवाज संस्थामा रहेको सेभ हाउसमै गएर विद्यार्थीहरूले त्यहाँको बारेमा स्थलगत भ्रमण गरेका थिए ।
त्रिपुरेश्वर माध्यामिक विद्यालयमा सोसेक नेपाल अन्तर्गत सशक्त महिला समृद्व नेपाल कार्यक्रम अन्तर्गतको किशोर किशोरीमैत्री सुचना कक्ष सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रमले विद्यालयका विद्यार्थीहरूमा धेरै कुरामा परिवर्तन भएको कार्यक्रमका सहजकर्ता बिद्यालयका शिक्षक टिकाराम आचार्यले बताए ।

विद्यालयमा किशोर किशोरीहरूलाई रूपान्तरण कक्षाहरू सगैँ किशोर किशोरीमैत्री सूचना कक्षमा विद्यार्थीहरूको क्षमता विकास, बृहत यौनिकता शिक्षा र ज्ञान तथा जीवनउपयोगी सिप विकास भएको वीरेन्द्रनगर नगरपालिकाका वडा नं-१ का वडा सदस्य दिपेश गिरीले बताए ।
किशोर किशोरीमैत्री सूचना कक्ष किशोर किशोरीहरूको सहभागिता, अगुवाई र व्यवस्थापनमा विद्यालयमा सञ्चालन गरिने जीवनपयोगी सीपमा आधारित बृहत यौनिकता शिक्षा र सूचनाहरूका साथै किशोर किशोरीहरूको समग्र स्वास्थ्य प्रवर्द्वन गर्ने सामुहिक कार्यथलो हो ।

किशोर किशोरीको जिज्ञासा, समस्या तथा अनुभूति गरेका असहजताहरूका सम्बन्धमा सूचना, शिक्षा र परामर्श सहयोगका लागि सूचना कक्ष मार्फत बृहत यौनिकता शिक्षा सामाग्रीहरूको अध्ययन र उपयोगी गरी किशोर किशोरीमैत्रीपूर्ण वातावरण सिर्जना गर्नु र प्रभावकारी उपयोगका लागि किशोर किशोरीहरूको क्षमता विकास गर्नु नै मुख्य उदेश्य रहेको सोसेक नेपालकी फिल्ड अधिकृत विनिता बोगटीले बताइन ।
सन्तोष भण्डारी । २०८१, २६ मंसिर बुधबार