सुर्खेतमा राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन

IMG_6402

राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनलाई सम्वोधन गदै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला । तस्वीर दिलिपकुमार भटटराई ।

सुर्खेत, ८ असोज ।
राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन सुर्खेतमा सुरु भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायले आयोजना गरेको राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनको उदघाटन गदै विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले सम्मेलन नयाँ खोज र अन्वेषणको लागि कोसे ढुंगा सावित हुने बताउनु भयो ।
सम्मेलनमा विभिन्न विश्वविद्यालयका प्राध्यापक, शिक्षक तथा विद्यार्थीहरु समेत गरी करिब १०० जना वैज्ञानिक र प्राविधिकहरुको सहभागिता रहेको छ ।
कार्यक्रमका सहभागीहरुले विज्ञान प्रविधिको क्षेत्रका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने उपकुपतिका स्वकिय सचिव दिलिपकुमार भटटराईले बताउनु भयो
दुई दिनेसम्म चल्ने सम्मेलनमा ३ वटा प्राविधिक सत्र संचालन गरी ४६ वटा वैज्ञानिक र प्राविधिक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको विज्ञान तथा प्रविधि संकायका डीन देब बहादुर खड्काले बताउनुभयो ।
उहाँले प्राविधिक सत्रहरु विज्ञानका विभिन्न क्षेत्र सम्बन्धी प्रविधिमा केन्द्रीत हुने बताउनुभयो




फेसबुकबाट तपाईको प्रतिक्रिया