
हिजो चलेको हावाहुरी र असिनापानीले जाजरकोट र रुकुमपश्चिमका भुकम्प पीडितका अस्थायी टहराहरुमा ठुलो क्षेति गरेको छ । हावाहुरीले कयौ अस्थायी टहरा उडाउनुको साथै विद्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकीका छानाहरु समेत उडाएको छ । यस्तै असिना पानीले भर्खर पाक्न लागेको गहुँजौबाली र फलफुल नष्ट गरेको छ । हावाहुरीले अस्थायी टहरा भत्काएपछि कयौ भुकम्प पीडितको विचल्ली भएको छ ।



राराखबर । २०८०, १८ चैत्र आईतवार