कर्णालीमा युवा नीति बन्छ : मन्त्री भण्डारी

सुर्खेत । कर्णाली सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेशमा तत्काल युवा नीति लागू  बन्ने बताएका छन् ।  वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले कर्णालीमा युवा नीति आवश्यक रहेको बताएका हुन् ।

प्रदेशमा युवा नीति लागू गरेर विभिन्न रोजगार सिर्जना गर्ने र युवाहरुलाइ कर्णालीमै  बस्ने वातावरण बनाउने अभियानकाे सुरुवात गर्ने उनले  बताए । ‘सरकारको आन्तरिक आम्दानी कमजोर हुँदा चाहेजस्तो काम गर्न सकिएको छैन,’ उनले भने, ‘संघीय सरकारले दिएको बजेटका आधारमा नीति बनाउनुपर्ने बाध्यकारी अवस्था छ ।’




फेसबुकबाट तपाईको प्रतिक्रिया