एकीकृत समाजवादीकाे कर्णाली प्रदेश प्रथम अधिवेशन सुरु

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेश प्रथम अधिवेशन सुरु भएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अधिवेशनको उद्घाटन गरेका छन् ।

मंगलबारसम्म चल्ने उक्त अधिवेशनमा प्रदेशभरबाट ५ सयभन्दा बढी प्रतिनिधिहरू प्रदेश राजधानी वीरेन्द्रनगरमा सहभागी छन् । समाजवादीका केन्द्रीय सदस्य वसन्त विश्वकर्माका अनुसार सोमबार उद्घाटन र मङ्गलवार बन्दसत्र सुरु हुनेछ ।

त्यसपछि प्रदेश समितिका पदाधिकारी चयनका लागि प्रक्रिया अगाढि बढाइने छ । अधिवेशनबाट १३१ जनाको प्रदेश कमिटी निर्वाचित हुने छ ।

अधिवेशनका सहभागी हुन अध्यक्ष नेपालसहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू सहभागी रहेका छन् । अधिवेशन वीरेन्द्रनगरको सिद्धार्थ सहकारीको हल मा चलिरहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया