सुर्खेतमा कटुवा पेस्तोल सहित एक जना पक्राउ

images

गुगलवाट

सुर्खेत, १३ असार
इलाका प्रहरी कार्यालय छिञ्चुले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
रुकुम भेत्मा गाविस ४ घरभई अहिले सुर्खेतको भेरीगंगा नगरपालिका ३ जहरेमा बस्दै अाएका तुलाराम थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सुराकीको आधारमा खानतलासी गर्दा घरमा लुकाइ राखेको पेस्तोल सहित उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेका थापालाई इलाका प्रहरी कार्यालय छिञ्चुको हिरासतमा राखी थप अनुसन्धान भैरहेको सुर्खेतका  प्रहरी प्रमुख एसपी वीरेन्द्र श्रेष्ठले वताएका छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया